back
CTIZAN AD

युएईका प्रमुख सहरहरुमा एकैसाथ नेपाली चलचित्र”बिर बिक्रम” प्रदर्सन

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.2K 

shares

birbikram-in-uae

 

गत सुक्रबारका दिन दयाङ्ग राईद्वारा अभिनित नेपाली कथानक चलचित्र “बिर बिक्रम” लाइ युएईमा रहेका प्रमुख सहरहरुमा एकैसाथ प्रदर्सनमा आएको थियो ।

युएइमा कार्यरत करिब ४ लाख नेपाली कामदारलाइ लक्ष्क्षित गर्दै कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईमा नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन गर्ने गरि अक्टोबर १४ तारिक सुक्रबारदेखी विधिवत प्रदर्शनको थालनी गरेको छ। नेपालीहरुको जम्घट हुने स्थान तथा युएइको मुटु मानिने बर दुबई स्थित क्यारिफोर सिटि सेन्टरमा रहेको भोक्स सिन्धगा सिनेमा हलको परिसरमा आयोजित एक कार्यक्रम मार्फत नेपाली चलचित्र प्रदर्सनको थालनी गरिएको थियो । उक्त समाहरोहमा नेपाल देखि आएका नेपाल चलचित्र बोर्डका अध्यक्ष राज कुमार राई र नेपाली दूतावास अबुधाबीका कार्यबाहक राजदूत नेत्र टन्डनको प्रमुख आतिथ्य तथा कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स प्रा. लि. नेपालका संचालक सालिक सुबेदी , राजन अधिकारि र अनिश सिङ् ठकुरीको सभापतित्योमा ताम झामका साथ प्रदर्सनको थालनी गरेको थियो ।

डिष्ट्रिव्युटर्सले युएईका ७ ओटै प्रान्तका मुख्य-मुख्य ९ शहरमा स्टारसिनेमा, भोक्स सिन्दघा, बलिउड, ग्राण्ड सफीर, नेसनल सिनेमा,स्टार सिनेमा,स्टार सिनेप्लेक्स,भोक्स सिटि,गल्फ सिनेमा र स्टार दाना सिनेमा र तिनै सिनेमा कम्पनीका साखाहलहरु गरि १४ सिनेमाहल मार्फत नेपाली कथानक चलचित्र “बिरबिक्रम” लाइ एकैसाथ प्रदर्शनमा ल्याएको थियो।

गत सुक्रबार पहिलो दिन भोक्स सिन्धगा सिनेमा हल बरदुवइमा युएई समय ३,४ र ६ बजे गरि तिन वटा सो प्रदर्सन गर्ने पूर्व योजना रहेको थियो । दर्सक बढेकाले राति १२ बजेको अर्को सो पनि थपिएको थियो । यसैगरी दुबईका हलमा ४ सो, अलऐन र अबुधाबीका हालहरुमा २ -२ सो चलाइएको थियो भने, युएइका अन्य सहरहरुमा १ -१ सो भयो । फुजेराको स्टार दाना सिनेमाहलमा दर्सकको सहभागिता केहि कम भएता पनि अरु १३ सिनेमाहल भने, खचा- खच भरिएका थिए ।

चलचित्र बिकास बोर्ड नेपालका राज कुमार राईले आफ्नो मन्तब्यका क्रममा नेपाली भाषा सस्कृतिलाइ जोगाइराख्न युएइमा रहेका नेपाली तथा संग-सस्थाहरुको भूमिका अतुलनिय रहेको भन्दै कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले नेपाली चलचित्रलाई बिश्व बजारमा ल्याउने जमर्को गरेको जानकारी गराए ।

नेपाली चलचित्रलाई प्रबासका नेपालीले माया गर्नेमा बिश्वास लिएको जनाएका थिए । नेपाली दुताबासका नेत्र टन्डन नेपाली चलचित्रको बजार बढेकोमा निकै खुशी ब्यक्त गर्दै डिष्ट्रिव्युटर्सलाइ युएइको कानुनि तथा अन्य असजिलो पनमा सधैँ साथदिने कुराको बिस्वास दिलाउदै सुभकामाना ब्यक्त गरे ।

चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, नाजिर हुसेनको साथमा नयाँ प्रस्तुतीको रुपमा दीया पुनको मुख्य भूमिका रहेको छ । प्रेम, धोका, बदला र युद्धको कथालाई देखाइएको चलचित्र भन्दा दयाहाङ भिन्न देखिएका छन् । एकमात्र नायिका दीयाको वरिपरी घुम्ने ३ यूवाको प्रेमकथामा फिल्मको कथा घुमेको छ। नजिर हुसेन कमेडी रोलमा देखिएका छन् । भदौ ३ गतेबाट नेपालमा पर्दशनी सुरु गरेको बिर बिक्रमले ५१ दिनको सफल पर्दशनी पुरा गरिसकेको छ ।

कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुबेदी, राजन अधिकारि र अनिश सिङ् ठकुरीले नेपाली चलचित्र खाडी राष्ट्रमा चल्ने बाताबरण बनाउन निकै कानुनि झमेलाहरुलाइ पन्छाउदै लामो समयदेखिको निरन्तर प्रयासपछि सफल भएको बताए सफल हुनुमा निरन्तर सहयोग गर्ने नेपाली चलचित्र विकास बोड, सुचना तथा सञ्चार मन्त्रालय, नेपाली दूतावास अबुधाबी लगाएत् युएईमा क्रियासिल संघ- सस्था तथा नेपालका सरकारीस्तरका कर्मचारी, सामाजिक व्यक्तित्वहरुको ठुलो भूमिका रहेकोमा सम्पूर्ण सहयोगीलाई धन्यबाद दिएका थिए ।

दर्सकहरु चलचित्र बिर बिक्रम हेरेपस्चात हाम्रो प्रस्नको उत्तर दिदै- एक पटक सबैले हेर्नै पर्ने नेपाली पन झल्किने चलचित्र भनेका थिए भने, कसैले अतिनै हसाउने चलचित्र रहेको जनाए । पहिलो दिनमै नेपाली दर्सकहरुले देखाएको मायाले खुशीको सिमानै नरहेको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स  मध्यका अनिश सिङ् ठकुरीले बताए | सुरुकाबिहिबार, सुक्रबार र सनिबार गरि हप्तामा ३ दिन १४ ओटै हलमा नेपाली चलचित्र प्रदर्सन गर्ने जनाएका छन् ।

वि.सं.२०७३ कात्तिक १ सोमवार ११:५७ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...