back
CTIZAN AD

विद्यार्थीसमक्ष प्रधानमन्त्रीले कविता सुनाएपछि

वि.सं.२०७५ भदौ २३ शनिवार

714 

shares


प्रकाश सिलवाल
२३ भदौ, काठमाडौँ ।

“विधिको यदी त्यही विधान छ भने
अब त्यो विधिको पनि आयू पुग्यो ।”

कवि महानन्द सापकोटाले गरिबी र पछ्यौटेपनको प्रतिबिम्बन गरी निरङ्कुश राजतन्त्रात्मककालमा रचेको कवितालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुनाएपछि सहभागी विद्यार्थीले तालीको वर्षा दिन थाले ।

धनी र शिक्षित हुने सम्भावनालाई मारेर विगतका शासकले नेपालीलाई गरिबी र अशिक्षामा राखेको जिकिर गर्दै उनले भने, “अब त्यो अन्धकारको युग समाप्त भएर समृद्धिको युगको थालनी भयो, विद्यार्थी उत्साहित भई पढेर विश्वस्तरमा दक्ष नागरिक बन्नपछि पर्नु हुँदैन ।”

प्रधानमन्त्री ओलीले मुलुकलाई निरक्षर बनाइनु अपराध कर्म भएको उल्लेख गर्दै दुई वर्षपछि साक्षरता अभियानका नारा कार्यक्रम ल्याउन नपर्ने गरी साक्षर नेपाल बनाइने उद्घोष गरे ।

गत बैशाख १ गते कर्णालीको राराबाट देशवासीका नाममा सम्बोधनका क्रममा पनि प्रधानमन्त्री ओलीले उक्त कविताको स्मरण गरेका थिए ।
विसं १९५३ मा जन्मिएर प्रगतिशील र राष्ट्रवादी साहित्य सिर्जना गरेका सापकोटाको विसं २०३५ मा निधन भएको थियो । प्रधानमन्त्री ओलीले सापकोटा र यस्ता अग्रज स्रष्टाका अमर रचनालाई आफ्नो सम्बोधनमा उद्धृत गर्दै आएका छन् ।

३९औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले सापकोटाको कविता मात्र सुर्नानन नेपाली विद्वान् भाष्कराचार्यले गणितको सिद्धान्त पत्ता लगाएको तथ्यबारे विद्यार्थी अनविज्ञ हुन नहुने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले समाजवादउन्मुख गुणस्तरीय शिक्षा लिएर दुनियाँको कुनै पनि भागमा पुगेर श्रेष्ठता हासिल गर्न सक्ने नागरिक तयार गर्ने सरकारको लक्ष्यमा सघाउन शिक्षासेवी, कर्मचारी, शिक्षक र विद्यार्थीमा आह्वान गर्दा पनि विद्यार्थीले समर्थनमा ताली बजाएका थिए ।

सभाहलमा खचिखचाउ सहभागी र विद्यार्थीमाझ उनले मुलुकमा भेद्भाव र कुरीति अन्त्य गरेर सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि योग्य र दक्ष जनशक्ति तयार हुनैपर्नेमा जोड दिए ।

‘समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ को आदर्श वाक्यका साथ आज देशभर सो दिवस मनाइएको हो । नयाँ पुस्तालाई निराश नहुन आग्रह गर्दै उनले नेपाली गौरवपूर्ण इतिहास बोकेको र विद्वान पुर्खाको सन्तान भएको र अबको सम्भावना झन् प्रचुर रहेको धारणा व्यक्त गरे ।

एक छिमेकीसँगको वेष्टितको अवस्था अन्त्य

प्रधानमन्त्री ओलीले दुई दिनअघि छिमेकी चीनसँग पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल एक छिमेकीसँगको वेष्टित (लक्डं) को अवस्थाबाट खुला भएको बताए ।

उनले आफ्नो अघिल्लो कार्यकालको चीन भ्रमणमा भएको सहमतिको कार्यान्वयनका क्रममा उक्त मुलुकसँग भएको पारवहनको प्रोटोकलमा सहमति हुनु ऐतिहासिक उपलब्धि भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, “विरोधीले यो उपलब्धिलाई ओझेल पार्ने गरी सरकारको आलोचना गर्न खोजे पनि त्यस्ता आलोचनाले स्थान पाउने छैनन्, हामी मुलुकको समृद्धिको सपना पूरा गरेरै छाड्छौं ।”

आगामी साता नेपालको नदीमा जहाज चलाउने विषयमा नेपाल र भारतको संयुक्त टोलीले सर्भेक्षण शुरु गर्ने जानकारी दिँदै उनले अर्को वर्षदेखि नेपालको जमीन डुबानमा नपर्ने गरी आउँदो वर्षायामअघि व्यवस्थान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो कुरा भइसकेको पनि स्पष्ट पारे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय र प्रदेशस्तरमा उत्कृष्ट घोषित सामुदायिक तथा संस्थागत विद्यालयलाई पुरस्कृत गरे ।

वि.सं.२०७५ भदौ २३ शनिवार २०:०० मा प्रकाशित

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...