back

लौहपुरुष सिंहको सम्झना

वि.सं.२०७५ असोज २ मंगलवार

351 

shares
GLOBAL IME AD
NTC AD

२ असोज, काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

स्व सिंहको २१ औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरेका थिए । “स्व सिंह सङ्घर्षशील, त्यागी र प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उनले भने ।

नेता सिंहले मुलुकमा अलग अलग धारमा विभाजित कम्युनिष्टलाई एक ठाउँमा ल्याउन स्व सिंहले महत्वपूर्ण भूमिका खेलेको बताए । “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन त्यतिवेला स्व सिंहको महत्वपूर्ण योगदान छ,” उहाँले भन्नुभयो । काङ्ग्रेस स्व सिंहको विचारलाई अनुशरण गरेर अगाडि बढिरहेको उनको भनाई थियो ।

सिंहले वर्तमान सरकारले जनताको समस्यालाई चित्तबुझ्दो तरिकाले समाधान गर्न नसकेको आरोप लगाए । “सरकारले राखेको लक्ष्य सुशासन र समृद्धिको नारालाई पूरा गर्न सकेको छैन”, उनले भने, उनले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, काठमाडौँ पार्टी सभापति सबुज बानियाँ, भातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

वि.सं.२०७५ असोज २ मंगलवार १२:३१ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...