back
CTIZAN AD

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

वि.सं.२०८३ जेठ १२ मंगलवार

357 

shares

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण नदीको सतिघाटमा फेरी सञ्चालन बन्दभएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो ।

अरुण नदीमा जलस्तर बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरी सञ्चालन रोकिएको छ । नदी धमिलो र पानीको सतह बढेपछि अरुणमा फेरी चल्न नसकेको हो । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका–६ र खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी एक सातादेखि बन्द भएको षडानन्द नगरपालिकाका उपप्रमुख प्रमिला राईले बताउनुभयो । यो वर्षको मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द गरिएको हो ।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग जोड्ने षडानन्द नगरपालिका–६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, को सीमानामा पर्ने सतीघाटमा पुल नबनेकाले विकल्पको रूपमा अरुण नदीमा फेरी राखिएको छ । भोजपुरको षडानन्द नगरपालिकाले निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु लैजान र यात्रुलाई आवतजावत गर्नका लागि फेरी सञ्चालनमा ल्याएको थियो ।

अरुण नदीमा राखिएको फेरीले षडानन्द नगरपालिका–६ र खाँदबारी नगरपालिका–९ जोड्छ । यो भोजपुरको उत्तरी क्षेत्रलाई खाँदबारी हुँदै तराईसँग सिधा जोड्ने सडकखण्ड हो । लम्सुवा घाटमा मोटरेबल पुल निर्माण नभएपछि भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाको सहजताका लागि सत्तिघाटमा चार वर्षयता फेरी सञ्चालनमा ल्याइएको थियो । फेरीबाट दैनिक १०० भन्दाबढी ठूला र साना यातायात आवतजावत गर्छन् । अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो ।

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:१३ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...