back
CTIZAN AD

विषाक्त मदिरा सेवनबाट मलेसियामा ६ नेपालीको मृत्यु, १७ गम्भीर

वि.सं.२०७५ असोज ३ बुधवार

639 

shares

३ असोज, काठमाडौं । मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।
उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिएका छन् ।

मलेशियास्थित सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उनले बताए । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ । त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ ।

मलेशियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए । कावा राजदूत खरेलले मृत्यु भएका तथा गम्भीर अवस्थामा उपचाररत नेपालीको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

वि.सं.२०७५ असोज ३ बुधवार ०९:१० मा प्रकाशित

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार...

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र...

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष०तर्फ...

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

काठमाडौं । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

चैनपुर (बझाङ) । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर...