back
CTIZAN AD

अर्थमन्त्री खतिवडा भन्छन् , तत्काल पूरक बजेट आउने कुनै सम्भावना छैन’

वि.सं.२०७५ असोज ३ बुधवार

678 

shares

३ असोज, काठमाडौँ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले तत्काल पूरक बजेट आउने कुनै सम्भावना नरहेको सपष्ट पारेका छन् । मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले पूरक बजेट ल्याउन तत्कालका लागि कुनै तयारी नगरेको बताएका हुन् ।
उनले भने, “अहिले अर्धवार्षिक समीक्षाभन्दा पहिले हामीले यस विषयमा धेरै चर्चा गरेका छैनौं ।” सामान्यतयाः बजेटको अर्धवार्षिक समीक्षापछि कुनै खास क्षेत्रमा बजेट आउनुभन्दा पहिले कसरत नगरिएको वा आँकलन गरेभन्दा धेरै राजस्व उठेको अवस्थामा त्यसलाई विनियोजन गर्नुपर्ने भयो भने पूरक बजेट ल्याउने गरिन्छ । यस अघि नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गरिएका प्रतिबद्धता पुरा गर्न पूरक बजेट ल्याउने अभिव्यक्ति दिएका थिए ।

मन्त्री खतिवडाले सरकारले २ महिनाको अवधिमा संस्थागत सुदृढिकरण तथा नीतिगत व्यवस्थासम्बन्धी केही महत्वपूर्ण नीतिगत निर्णय गरेको जानकारी दिए । मन्त्री खतिवडाले अनुसार यसअवधिमा संघीय आर्थिक कार्यविधि विधेयकलगायत केही विधेयक संसद्मा छलफलमा रहेको, केहीको मस्यौदा निर्माणको चरणमा रहेको पनि जानकारी दिए । लगानी बोर्डलाई सशक्त बनाउन तथा लगानीमा सहजता ल्याउन लगानी सम्बन्धी ऐन, नागरिक लगानी कोष सम्बन्धी ऐन, विदेशी विनिमय सम्बन्धी ऐन तथा सार्वजनिक संस्थानहरुको छाता ऐनको मस्यौदा तयार भइरहेको छ ।

लगानी प्रणालीमा सहयोग र्पुयाउन ऐनको मस्यौदा तयार भइरहेको भन्दै एकद्वार प्रणालीबाट लगानी भित्राइने उनले बताए । अर्थमन्त्री खतिडाले निर्यात अनुदानसम्बन्धी विधेयक पनि चाडै संसदमा लगिने जानकारी दिए । उनले राष्ट्रिय परिचय पत्रको सम्पूर्ण काम एक वर्षभित्रमा सकिनेसमेत बताए ।
उनका अनुसार सरकारले यस अवधिमा ६ वटा आन्तरिक राजस्व कार्यालय स्थापना तथा ११ वटा करदाता सेवा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उनले घरजग्गामा लगाइएको कर घटाउन लागिएको पनि जानकारी दिए । केही ऐन संशोधन गरेर घरजग्गामा लगाइएको करको दर घटाउने अर्थमन्त्री खतिवडाको योजना छ । अर्थमन्त्री खतिवडाले कानुन विपरित कर नलिन आवश्यक व्यवस्था गरिएको पनि स्पष्ट पारे । सो अवसरमा अर्थमन्त्री खतिवडाले अमेरिकी डलरको तुलनामा अन्य देशको मुद्राको अवमूल्यन भएपनि नेपाललाई त्यसले तत्काल असर नपार्ने दावी पनि गरे ।

१ खर्ब २० रुपैयाँ राजश्व संकलन

सरकारले चालू आर्थिक वर्षको पहिलो २ महिनामा १ खर्ब २० अर्ब रुपैयाँ संकलन गरेको छ । यो आव २०७४–७५ को पहिलो २ महिनाको तुलनामा ३७ प्रतिशत बढी हो ।

त्यसैगरी पहिलो २ महिनामा सरकारले गरेको १ खर्ब ३ अर्ब रुपैयाँको बजेट खर्चमा चालूतर्फ ९६ अर्ब रुपैयाँ हो भने ६ अर्ब रुपैयाँ पूँजीगततर्फ हो । अर्थ मन्त्रालयका अनुसार पुँजीगत खर्च अघिल्लो आवको तुलनामा केही कम हो भने पुँजीगत खर्च भने केही बढी हो । गत वर्ष चुनावी खर्च केही बढी भएका कारण चालू खर्च बढी देखिएको मन्त्रालयले जनाएको छ । यद्यपि हालसम्म प्रदेशको खर्चको विवरण प्राप्त नभइसकेका कारण कुल खर्चबीच तुलना गर्न नमिल्ने अर्थमन्त्री खतिवडाले बताए ।चालू आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ ।

वि.सं.२०७५ असोज ३ बुधवार ०९:०६ मा प्रकाशित

सरकार–लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकार–लघुवित्त पीडितबीच ५ बुँदे सहमति

काठमाडौँ । लघुवित्त पीडितहरूको समस्या समाधानका लागि सरकार र लघुवित्त...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...