back
CTIZAN AD

अन्ततः फुटाउनै पर्नेभयो बडीगाड ताल, सेनाद्धारा अध्ययन सुरु

वि.सं.२०७५ असोज ३ बुधवार

570 

shares
३ असोज, बलेवा, बागलुङ । गत भदौ २९ गते पहिरो खसेर थुनिएको ढोरपाटन नगरपालिका–२ सिमलचौरस्थित बडिगाड खोला अझै खुल्न सकेको छैन । पहिरोसँगै कडा चट्टान खोलामा थुप्रिएपछि ताल बनेको छ ।

खोलामा बनेको ताल फुटाउन नेपाली सेनाको प्राविधिक टोलीले अध्ययन थालेको छ । सुरक्षित तरिकाबाट ताल फुटाउन नेपाली सेनाको पश्चिमाञ्चल पृतना कार्यालय पोखराबाट सेनानी बलबहादुर थापा नेतृत्वको ११ जनाको प्राविधिक टोली सो क्षेत्रमा पुगेको छ ।

स्थानीयवासीले चाँडो तालको पानी निकास गर्न माग गरेका छन् । लोकमार्ग सञ्चालनबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । “ सेनाको टोलीले ताल खोल्नेबारे अध्ययन शुरु गरेको छ, सडकको प्राविधिक टोलीले समेत अध्ययन थालेको छ,” उनले भने ।

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । सडक अवरुद्धसँगै बुर्तिवाङ हुँदै अन्यत्र जाने यातायातका साधन बाटोमै थन्किएका छन् । बुर्तिवाङ निसी भूजी तमान क्षेत्रमा यात्रु अलपत्र छन् । लोकमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गको खोजि भइरहेको छ । स्थानीयवासीलाई पैदल हिँड्नसमेत समस्या भएपछि बडिगाड गाउँपालिकाको सिस्नेरी हुँदै दर्लिङखाला, राजकुत देवीस्थानबाट बुर्तिवाङसम्म डोजर लगाएर सडक सञ्चालन गरिने प्रजिअ खरेलले बताए ।

वि.सं.२०७५ असोज ३ बुधवार १५:३७ मा प्रकाशित

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...