back
CTIZAN AD

सुनसरीमा गोली प्रहारबाट एकको मृत्यु, प्रहरी घाइते

वि.सं.२०७५ असोज ४ बिहीवार

633 

shares

४ असोज, इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय बजारबाट नम्बर प्लेट नभएको मोटरसाइकलमा दुई जना सवार रहेका अज्ञात समूहले गोली चलाएको सुनसरी प्रहरीले जनाएको छ ।
बजार घुमफिर गर्नका लागि निस्केका बेला अन्सारीमाथि अज्ञात समूहले गोली प्रहार गर्दा उनको टाउको र छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी हरिनगर गाउँपालिका–६ घुस्की प्रहरीचौकीमा कार्यरत प्रहरी हवल्दार सिवलाल पौडेलमाथिसमेत गोली प्रहार भएको स्थानीयले बताएका छन् । भुटाहा बजार क्षेत्रमा गोली प्रहार गरेर भागी रहेका बेला प्रहरीले बाटो छेक्न खोज्दा प्रहरीमाथि समेत गोली प्रहार गरेको हो । पौडेललाई खुट्टा र कोखमा गोली लागेको बताइएको छ ।

घाइते भएका प्रहरी हवल्दारलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । यता सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले गोली प्रहार भएको र घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

वि.सं.२०७५ असोज ४ बिहीवार १४:३९ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...