back
CTIZAN AD

अज्ञात रोगले चौपाया मर्न थाले,रोग पत्ता लगाउन चिकित्सक छैनन्

वि.सं.२०७५ असोज ४ बिहीवार

699 

shares

 

४ असोज, डोटी । करीब दुई महिना यतादेखि फैलिएको अज्ञात रोगले डोटीमा चौपाया मर्न थालेका छन् ।

जिल्लाको शिखर नगरपालिका–१० बानेडुग्रीसैनमा केही महिना यतादेखि फैलिएको अज्ञात रोगले भैँसी, गोरु तथा गाई मर्न थालेको स्थानीय वीरबहादुर बलायरले बताए ।

जिल्ला पशु सेवा कार्यालय डोटीले सो ठाउँका पशु चौपायामा कुन रोग लागेको हो अहिलेसम्म पत्ता लगाउन नसकेको वडा अध्यक्ष मीनबहादुर बलायरले जानकारी दिए । उनका अनुसार अहिलेसम्म कम्तीमा ५० चौपाया मरिसकेका छन् । कतिपय चौपाया रोगले थला परेका छन् ।

चौपायाको मुखमा ¥याल आउने, काप्ने, छट्पटाउने, खानापानी नखाने लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेको स्थानीयवासी बताउँछन् । जिल्लामा पशुसम्बन्धी चिकित्सक नभएकाले रोग पत्ता लाग्न नसकेको र उपचारसमेत हुन सकिरहेको छैन । नगरपालिकामा रहेको पशु सेवा एकाइ कार्यालयबाट प्राविधिक सो क्षेत्रमा गए पनि रोग पत्ता लगाउन नसकेको स्थानीय हर्कबहादुर बलायरले बताए ।

एकाइ कार्यालयमा रहेको सामान्य औषधि प्रयोग गरिएको भए पनि औषधिले खासै काम गर्न नसकिएको पशु एकाइ कार्यालयका प्राविधिक जयप्रकाश मल्लले बताए । “चौपायाको गोबर जाँचको लागि धनगढी पठाएका छौँ” नले भने, “रिपोर्ट नआएकाले यही रोग लागेको हो भन्न सकिने अवस्था छैन ।”

पशु चौपायामा फैलिएको महामारी रोग पत्ता लगाउन नगरपालिकाबाट पहल भइरहेको नगर प्रमुख सीताराम जोशीले बताए । “अज्ञात रोगले धमाधम पशु मरेको खबर हामीले पनि थाहा पायौँ, छिमेकी जिल्ला डडेल्धुरामा पनि पशु चिकित्सक छैनन्” उनले भने“कैलालीबाट पशु चिकित्सकको टोली ल्याउन पहल भइरहेको छ ।”

 

वि.सं.२०७५ असोज ४ बिहीवार १६:४६ मा प्रकाशित

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...