back
CTIZAN AD

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

वि.सं.२०८३ जेठ १० आइतवार

246 

shares

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८३ को टोलीले एक महिला र पुरुषलाई उद्धार गरेको हो ।

उद्धार गरिएका उनीहरुलाई धनगढी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिनुभयो । “आज धनगढीमा उद्धार गर्दैछौं, गत वैशाख २८ गते मेचीबाट सुरु भएको यात्राका क्रममा १२० जनाको उद्धार गरिएको छ”, उनले भने ।

मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस भनेर काँकरभिट्टास्थित मेची पुलबा यात्रा सुरु गरेको थियो । यात्रा कञ्चनपुर–कैलाली हुँदै आइतबार बाँके पुग्नेछ ।

आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा र आयोजक मानव सेवा आश्रमको टोली उद्धारका लागि यहाँ आइपुगेको हो । आश्रमका सदस्य सापकोटाले सडकआश्रित मानवहरूको उद्धारका लागि देशव्यापी यात्रामा रहेको बताए ।

उनले मानव सेवा आश्रमका देशका विभिन्न स्थानमा ३३ वटा सेन्टर रहेको जानकारी दिनुभयो । गायिका आनी छोइङ डोल्माले यात्रामा आर्थिक व्यवस्थापन गर्नुभएको छ भने मानव सेवा आश्रमले अन्य व्यवस्थापकीय भूमि निभाउँदै आएको छ ।

वि.सं.२०८३ जेठ १० आइतवार १६:५३ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...