back
CTIZAN AD

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

वि.सं.२०८३ असार १ सोमवार

438 

shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश सरकारले आज आफ्नो वार्षिक बजेट सार्वजनिक गर्ने भएका छन्। संवैधानिक व्यवस्था अनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधानअनुरूप प्रदेश सरकारहरू बजेट प्रस्तुत गर्न तयारी अवस्थामा पुगेका हुन्।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले सम्बन्धित प्रदेश सभा बैठकमा आगामी वर्षको आय–व्ययको अनुमानित विवरण पेश गर्ने कार्यक्रम रहेको छ। बजेट प्रस्तुत गर्नुअघि सबै प्रदेशका नीति तथा कार्यक्रम प्रदेश सभाबाट स्वीकृत भइसकेकाले बजेट कार्यान्वयनको आधार तयार भएको छ।

निर्धारित कार्यतालिकाअनुसार मधेश प्रदेशले सबैभन्दा पहिले दिउँसो १ बजे बजेट सार्वजनिक गर्नेछ भने कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे बजेट ल्याउने भएका छन्।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम तय गरेका छन्। प्रदेश सरकारहरूले विकास निर्माण, सेवा प्रवाह तथा आर्थिक गतिविधिलाई प्राथमिकता दिँदै बजेट ल्याउने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ असार १ सोमवार १०:५८ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...