back
CTIZAN AD

रङ्गशाला निर्माणका लागि स्थानीयद्धारा ५० रोपनी जग्गा प्रदान

वि.सं.२०७५ असोज ४ बिहीवार

678 

shares
तस्बिर : ऐजेन्सी

४ असोज, फिदिम, पाँचथर । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरपालिकाका नाममा रु ५० लाखभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रदान गर्नुभएको हो । प्रतिरोपनी रु एक लाखमा बिक्री भइरहेको जग्गा स्थानीयवासीले रङ्गशाला निर्माणको कार्य तत्कालै अघि बढाउन सहयोग पु¥याउने उद्देश्यले निःशुल्क प्रदान गरेका हुन् ।

हालसम्ममा छ जना जग्गाधनीले ३१ रोपनी जग्गा फिदिम नगरपालिकाका नाममा रजिष्टे«शन पास गरिसक्नुभएको जिल्ला मालपोत कार्यालय पाँचथरका निमित्त प्रमुख बाबुराम पोखरेलले जानकारी दिनुभयो । नयाँ शहरका रुपमा विकास भइरहेको फिदिममा व्यवस्थित रङ्गशालाको आवश्यकता खड्किएको अवस्थामा स्थानीयले जग्गा प्राप्ति समिति बनाई रङ्गशाला निर्माणको आधार तयार गरिदिएका हुन् । स्थानीय जग्गाधनीले रामचन्द्र नेपाल संयोजक, गगनलावती सहसंयोजक र रामकुमार तामाङ सचिव रहेको सात सदस्यीय जग्गा प्राप्ति समिति बनाई रङ्गशाला निर्माणका लागि जग्गा निःशुल्करुपमा सरकारी निकायलाई उपलब्ध गराएका हुन् ।

जग्गा प्राप्त भइसकेपछि सरकारी निकायबाट रङ्गशाला निर्माणको कार्य अघि बढ्ने स्थानीयवासीको विश्वास छ । रङ्गशाला निर्माणका लागि प्रयास गर्दै आएको नयाँ शहर आयोजनाको कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जग्गा प्राप्ति भई सकेपछि रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताए । रङ्गशाला पनि नयाँशहरका लागि आवश्यक पूर्वाधारकै रुपमा पर्ने भएकाले रङ्गशाला निर्माणको कार्य यसै वर्षबाट अघि बढ्ने प्रजापतिले जानकारी दिए ।
नगरपालिकाले पत्र पठाएपछि आयोजना कार्यालयले विस्तृत सर्वेक्षणको कार्य अघि बढाउने छ । नयाँ शहर आयोजनाको कार्यालयको चालू आवको कार्यक्रममा रङ्गशाला निर्माणका लागि विस्तृत सर्वेक्षण गर्ने तथा निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउने कार्यक्रम समावेश भएकाले ठेक्का प्रक्रिया यही आवभित्र शुरु हुने प्रजापतिले जानकारी दिए ।

वि.सं.२०७५ असोज ४ बिहीवार १६:३५ मा प्रकाशित

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा...

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित...

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

महोत्तरी । यहाँका बस्तीबस्तीमा नीलगाई र बँदेलको सङ्ख्या बढेको छ...

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...