
दोहा, कतार । गोरखा सेवा समाज कतारले मानव सेवा आश्रमको सहयोगार्थ गर्न लागेको ‘आमा सेमिनार’ कार्यक्रम लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।
कतारमा रहेर मानवीय सेवामा सक्रिय रहेको समाजले मानव सेवा आश्रम गोरखाको सहयोगार्थ ‘आमा सेमिनार’ तथा तनाव व्यवस्थापनको लागि सकारात्मक सोच प्रवद्र्धन कला एवम् खुशी एक कला कार्यक्रम गर्ने भएको हो ।
मानव सेवा आश्रमलाई आर्थिक सहयोग गर्ने पबित्र उद्धेश्य साथ कतारमा पहिलो पटक आयोजना गर्न लागीएको कार्यक्रमका संयोजक एवम् गोरखा सेवा समाजका प्रथम उपाध्यक्ष रामजी खत्रीले कार्यक्रमको आवश्यक तयारी पूरा भएको भन्दै कार्यक्रमका प्रमुख प्रशिक्षक एवं मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारी पनि कार्यक्रमको लागि बिहिवार बिहान कतार आइपुगेको बताए ।
कार्यक्रम संयोजक खत्रीले सेप्टेम्बर २१ तारिख शुक्रबारका दिन सालिमार दरवार रेस्टुरेन्ट, विन महोमुद, दोहा कतार दोहामा हुने जानकारी दिए । उनले कार्यक्रममा दोहा स्थित विभिन्न सामाजिक संघसंस्था, समाजसेवि, ब्यबसायी, बुद्धिजिवि, पत्रकार लगायतलाइ सहभागीताको लागी आग्रह गरे ।
सेमिनारमा श्रृजनाशिलता , सकारात्मक सोच र सामाजिक भावना सहित असल सामाजिक व्यक्तित्व निर्माण गर्दै, समृद्ध समाज र राष्ट्र निमार्णको अभियानका लागि योगदान र्पुयाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष राकेश श्रेष्ठले बताए ।

सेमिनारमा सहभागीताको लागि प्रति ब्यक्ति कतारी रियल ७५ शुल्क तोकिएको छ भने सहभागीलाई प्रमाणपत्र सहित खाना, खाजा तथा यातायातको ब्यबस्थापन गरेको कार्यक्रम संयोजक खत्रीले बताए ।
करिब एक बर्ष अगाडि बाट संचालनमा आएको मानव सेवा आश्रम गोरखामा अहिले ५२ जनाले आश्रय लिइरहेका छन् ।
वि.सं.२०७५ असोज ४ बिहीवार १५:१६ मा प्रकाशित




























