back
CTIZAN AD

शेयर बजार : दुई अर्ब ६२ करोडको कारोबार

वि.सं.२०७५ असोज ६ शनिवार

555 

shares

६ असोज,काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गतसाता कूल १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार ६८० कित्ता शेयर रु दुई अर्ब १० करोड १५ लाख ६५ हजार बराबरको खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड ९० लाख ५० हजार बराबरको शेयर कारोबार भयो । यस्तै त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको पाँच लाख ५३ हजार कित्ता शेयर कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस्तै देवः विकास बैंकको २४ लाख ७० हजार ९२३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

वि.सं.२०७५ असोज ६ शनिवार १६:५० मा प्रकाशित

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...