काठमाडौँ । इतिहासका पानाहरूमा जापान र भियतनाम यस्ता नाम हुन्, जसले मानव जातिले भोग्न सक्ने चरम विनाशको सामना गरे । तर, ती महाविपत्तिहरू उनीहरूका लागि अन्त्य होइन, एउटा नयाँ र शक्तिशाली सुरुवात बने ।
उन्नाइसौं शताव्दिको करिब मध्य तिर आणविक बम र रासायनिक विषको सामना गरेका यी देशहरू विश्वका आर्थिक र औद्योगिक शक्ति बनेका छन् । अर्कोतर्फ भौतिक रुपमा कुनै बाह्य हस्तक्षेप तथा युद्ध नभएको, प्राकृतिक स्रोतले भरिपूर्ण शान्त देश नेपालबाट भने दिनहुँ हजारौँ युवाहरू यहाँ केहि नहुने भन्दै पलायनको बाटो समाति रहेका छन् । विनाश भोगेका देशहरू आखिर कसरी टिके र बने ? अनि सम्भावनै सम्भावना भएको देश किन रित्तिँदैछ ? यो एउटा यस्तो प्रश्न हो, जसको उत्तर खोज्न हामीले जापान र भियतनामको पुनरुत्थानको कथा र नेपालको वर्तमान अवस्थाको गम्भीर विश्लेषण गर्नुपर्ने हुन्छ ।
भौतिक रुपमा कुनै बाह्य हस्तक्षेप तथा युद्ध नभएको, प्राकृतिक स्रोतले भरिपूर्ण शान्त देश नेपालबाट भने दिनहुँ हजारौँ युवाहरू यहाँ केहि नहुने भन्दै पलायनको बाटो समाति रहेका छन् । विनाश भोगेका देशहरू आखिर कसरी टिके र बने ? अनि सम्भावनै सम्भावना भएको देश किन रित्तिँदैछ ?
विनाशको त्यो कहालीलाग्दो रूप र धैर्यताको जग
सन् १९४५ मा जापानका हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहार हुँदा सहरहरू खरानीमा परिणत भए । रेडियोधर्मी विकिरणका कारण पुस्तौँसम्म शारीरिक र मानसिक असरहरू देखिए । तर, जापानीहरूले ’गामन’ (असह्य पीडामा पनि धैर्यता) र ’सबै मिलेर देश बनाउने’ संकल्प गरे । उनीहरूले युद्धको बदला उद्योग र प्रविधिबाट लिए ।
त्यस्तै, १९६० को दशकमा भियतनाम युद्धका बेला अमेरिकाले करिब ८ करोड लिटर ’एजेन्ट ओरेन्ज’ जस्तो विषालु रसायन छर्कियो । जङ्गल र खेतीपाती नष्ट भए, तर भियतनामीहरूले ’माटोप्रतिको अगाध प्रेम’ र छापामार युद्धको बलमा विदेशी शक्तिलाई मात्र हराएनन्, युद्धपछि आफ्नो उजाड भूमिमा पुनः हरियाली फर्काए ।
यी दुवै देशमा मृत्यु र विनाशको ताण्डव थियो । तैपनि, जापानी र भियतनामीहरूले विदेशी भूमिमा शरण लिनुभन्दा आफ्नै भत्किएका सहर र उजाडिएका खेतबारीमा पसिना बगाउनु उचित ठाने । अर्को संयोग के छ भने यी दुवै देश पूर्वी एसियाका देशहरु हुन् ।
१९६० को दशकमा भियतनाम युद्धका बेला अमेरिकाले करिब ८ करोड लिटर ’एजेन्ट ओरेन्ज’ जस्तो विषालु रसायन छर्कियो । जङ्गल र खेतीपाती नष्ट भए, तर भियतनामीहरूले ’माटोप्रतिको अगाध प्रेम’ र छापामार युद्धको बलमा विदेशी शक्तिलाई मात्र हराएनन्, युद्धपछि आफ्नो उजाड भूमिमा पुनः हरियाली फर्काए ।
जापान र भियतनामको आर्थिक चमत्कार र नेपालको कमजोरी
जब हामी जापान, भियतनाम र नेपालको विकासको यात्रालाई उद्योग, कृषि, पर्यटन र आर्थिक वृद्धिका आधारमा तुलना गर्छौँ, तब हाम्रो कमजोरी प्रस्ट हुन्छ । जापान, युद्धपछि ’जापानी आर्थिक चमत्कारमार्फत विश्वको प्रमुख अर्थतन्त्र बन्यो । आज यो अटोमोबाइल, इलेक्ट्रोनिक्स र मेसिनरीमा विश्वमै अग्रणी छ ।
अर्कोतर्फ, भियतनामले १९८६ को ’दोई मोई’ सुधारपछि तीव्र आर्थिक वृद्धि हासिल गर्यो र अहिले एसियाको उदीयमान अर्थतन्त्र बनेको छ । यो निर्माण र उत्पादनको नयाँ हब हो । जहाँ सामसुङ जस्ता विश्व प्रसिद्ध कम्पनीका ठुला प्लान्टहरू छन् । कृषिमा पनि भियतनाम विश्वको कृषि भण्डार हो । जुन चामल, कफी, काजू र मरिचका लागि विश्वकै ठुलो निर्यातक देश हो । तर, विश्वकै ठूलो अर्थतन्त्र र जनसंख्या भएका दुई ठूला देशहरुको बिचमा रहेको नेपाल अति कम विकसित राष्ट्रको सूचीमा छ र यसको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ ।
यहाँ औद्योगिकरण न्यून छ र उपभोग्य वस्तुको ठुलो हिस्सा आयातमा निर्भर छ । ६०% भन्दा बढी जनसंख्या कृषिमा आश्रित भए पनि प्रविधि र बजारको अभावले खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । सगरमाथा र लुम्बिनी जस्ता विश्व प्रसिद्ध स्थल भएर पनि पर्यटनमा कमजोर त छंदै छ, पूर्वाधार र नीतिगत अस्पष्टताले आशातीत लाभ लिन नसकेको अवस्था छ ।
नेपालको ’बेमौसमी चुनाव’सः आशा कि फेरि निराशा ?
नेपालको वर्तमान परिदृश्यमा अर्को एउटा महत्त्वपूर्ण कडी थपिएको छ— ’बेमौसमी चुनाव’। राजनीतिक अस्थिरता र सत्ता समीकरणको खेलकाबीच यहि फगुन २१ गते हुन लागिरहेको चुनावप्रति मानिसहरुको मिश्रित प्रतिक्रिया छ । एकातिर, केही मानिसहरूलाई चुनावले नयाँ जनादेश र स्थिरता ल्याउन सक्छ भन्ने लागेको छ । उनीहरूले नयाँ नेतृत्वले देशको आर्थिक विकास, रोजगारी सिर्जना र सुशासनमा ध्यान दिनेछ, भन्ने अपेक्षा गरेको देखिन्छ ।
औद्योगिकरण न्यून छ र उपभोग्य वस्तुको ठुलो हिस्सा आयातमा निर्भर छ । ६०% भन्दा बढी जनसंख्या कृषिमा आश्रित भए पनि प्रविधि र बजारको अभावले खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । सगरमाथा र लुम्बिनी जस्ता विश्व प्रसिद्ध स्थल भएर पनि पर्यटनमा कमजोर त छंदै छ, पूर्वाधार र नीतिगत अस्पष्टताले आशातीत लाभ लिन नसकेको अवस्था छ
तर, अर्कोतिर, धेरैजसो सर्वसाधारणमा निराशा र अविश्वास व्याप्त छ । उनीहरूलाई यो चुनाव पनि केवल सत्ता प्राप्तिको खेल मात्र हो र यसले देशको मूल समस्याहरूलाई सम्बोधन गर्ने छैन भन्ने लागेको छ । विगतका अनुभवहरूले पनि चुनावपछि पनि राजनीतिक अस्थिरता, भ्रष्टाचार र नीतिगत कमजोरी जारी रहन्छन् भन्ने देखाएको छ । धेरै मानिसहरू प्रश्न गर्छन्, के यो चुनावले महँगी घटाउँछ ? के यसले हाम्रा छोराछोरीलाई स्वदेशमै रोजगारी दिन्छ ?
चुनाव पछिको अबस्थाः एउटा गम्भीर विश्लेषण
चुनाव पछिको अवस्थाको विश्लेषण गर्दा, दुईवटा मुख्य सम्भावनाहरू देखिन्छन् । पहिलो हो आशावादी दृश्य । यदि चुनावले एउटा बलियो र स्थिर सरकार दियो र त्यो सरकारले देशको विकास र सुशासनमा साच्चै ध्यान दियो भने, बिस्तारै जनताको भरोसा फर्कन सक्छ । युवाहरूले देशमै अवसर देख्न थाल्नेछन् र पलायनको दर कम हुन सक्छ ।
तर, यसका लागि राजनीतिक दलहरूमा ठुलो इच्छाशक्ति र प्रतिबद्धता आवश्यक छ । दोस्रो निराशावादी दृश्य । यदि चुनावपछि पनि राजनीतिक अस्थिरता, खिचातानी र सत्ताको खेल जारी रह्यो भने, जनताको निराशा अझ बढ्नेछ । यसले ‘मौन पलायन’लाई झनै तीव्र बनाउनेछ । किनकि युवाहरूले देशमा कुनै भविष्य देख्ने छैनन् । यसले देशको मानवीय पुँजीलाई झनै कमजोर बनाउनेछ र दीर्घकालीन विकासमा नकारात्मक असर पार्नेछ ।
भियतनाममा कडा अनुशासन र राजनीतिक स्थिरताले विकासको जग बसाल्यो । तर, नेपालमा अहिले कुनै युद्ध छैन, आकाशबाट विषको वर्षा भएको पनि छैन । तैपनि यहाँका युवाहरूमा ’देश छोड्ने’ एउटा मानसिक महामारी फैलिएको छ । यसका पछाडि मुख्य कारण भरोसाको संकट हो । ’बेमौसमी चुनाव’ ले यो भरोसा जगाउन सक्छ कि झनै तोड्छ । त्यो भविष्यले नै बताउनेछ ।
नेतृत्व र भरोसाको संकट
जापान र भियतनाममा बाह्य शत्रु प्रस्ट थियो । जसले राष्ट्रियतालाई बलियो बनायो र त्यहाँको नेतृत्वले संकटको बेला जनतामा भिजन र भरोसा जगाउन सकेको थियो । जापानमा उद्योगी र सरकार मिलेर ’देश बनाउने’ योजना बनाए ।
उता भियतनाममा कडा अनुशासन र राजनीतिक स्थिरताले विकासको जग बसाल्यो । तर, नेपालमा अहिले कुनै युद्ध छैन, आकाशबाट विषको वर्षा भएको पनि छैन । तैपनि यहाँका युवाहरूमा ’देश छोड्ने’ एउटा मानसिक महामारी फैलिएको छ । यसका पछाडि मुख्य कारण भरोसाको संकट हो । ’बेमौसमी चुनाव’ ले यो भरोसा जगाउन सक्छ कि झनै तोड्छ । त्यो भविष्यले नै बताउनेछ ।
जापान र भियतनामको उदाहरणले भौतिक विनाशभन्दा मानसिक हार र भरोसाको अभाव खतरनाक हुन्छ भन्ने देखाउँछ । नेपालसँग अपार सम्भावनाहरू छन् । तर यसका लागि राज्यले जनतामा ’म मेरो देशमा केही गर्न सक्छु’ भन्ने भरोसा र अवसर सिर्जना गर्न सकेको छैन । यो अवस्थाबाट बदलाब आबस्यक छ । अन्यथा, इतिहासले हामीलाई युद्ध नभएर पनि आफ्नै देश रित्त्याउने पुस्ताका रूपमा सम्झिनेछ ।
वि.सं.२०८२ फागुन १७ आइतवार १७:१२ मा प्रकाशित






























