back
CTIZAN AD

खरानी र विषबाट उठेका जापान र भियतनाम, नेपालको ’बेमौसमी चुनाव’ र ’मौन पलायन’ माथि एउटा गम्भीर प्रश्न

वि.सं.२०८२ फागुन १७ आइतवार

351 

shares

काठमाडौँ । इतिहासका पानाहरूमा जापान र भियतनाम यस्ता नाम हुन्, जसले मानव जातिले भोग्न सक्ने चरम विनाशको सामना गरे । तर, ती महाविपत्तिहरू उनीहरूका लागि अन्त्य होइन, एउटा नयाँ र शक्तिशाली सुरुवात बने ।

उन्नाइसौं शताव्दिको करिब मध्य तिर आणविक बम र रासायनिक विषको सामना गरेका यी देशहरू विश्वका आर्थिक र औद्योगिक शक्ति बनेका छन् । अर्कोतर्फ भौतिक रुपमा कुनै बाह्य हस्तक्षेप तथा युद्ध नभएको, प्राकृतिक स्रोतले भरिपूर्ण शान्त देश नेपालबाट भने दिनहुँ हजारौँ युवाहरू यहाँ केहि नहुने भन्दै पलायनको बाटो समाति रहेका छन् । विनाश भोगेका देशहरू आखिर कसरी टिके र बने ? अनि सम्भावनै सम्भावना भएको देश किन रित्तिँदैछ ? यो एउटा यस्तो प्रश्न हो, जसको उत्तर खोज्न हामीले जापान र भियतनामको पुनरुत्थानको कथा र नेपालको वर्तमान अवस्थाको गम्भीर विश्लेषण गर्नुपर्ने हुन्छ ।

भौतिक रुपमा कुनै बाह्य हस्तक्षेप तथा युद्ध नभएको, प्राकृतिक स्रोतले भरिपूर्ण शान्त देश नेपालबाट भने दिनहुँ हजारौँ युवाहरू यहाँ केहि नहुने भन्दै पलायनको बाटो समाति रहेका छन् । विनाश भोगेका देशहरू आखिर कसरी टिके र बने ? अनि सम्भावनै सम्भावना भएको देश किन रित्तिँदैछ ?

विनाशको त्यो कहालीलाग्दो रूप र धैर्यताको जग

सन् १९४५ मा जापानका हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहार हुँदा सहरहरू खरानीमा परिणत भए । रेडियोधर्मी विकिरणका कारण पुस्तौँसम्म शारीरिक र मानसिक असरहरू देखिए । तर, जापानीहरूले ’गामन’ (असह्य पीडामा पनि धैर्यता) र ’सबै मिलेर देश बनाउने’ संकल्प गरे । उनीहरूले युद्धको बदला उद्योग र प्रविधिबाट लिए ।

त्यस्तै, १९६० को दशकमा भियतनाम युद्धका बेला अमेरिकाले करिब ८ करोड लिटर ’एजेन्ट ओरेन्ज’ जस्तो विषालु रसायन छर्कियो । जङ्गल र खेतीपाती नष्ट भए, तर भियतनामीहरूले ’माटोप्रतिको अगाध प्रेम’ र छापामार युद्धको बलमा विदेशी शक्तिलाई मात्र हराएनन्, युद्धपछि आफ्नो उजाड भूमिमा पुनः हरियाली फर्काए ।

यी दुवै देशमा मृत्यु र विनाशको ताण्डव थियो । तैपनि, जापानी र भियतनामीहरूले विदेशी भूमिमा शरण लिनुभन्दा आफ्नै भत्किएका सहर र उजाडिएका खेतबारीमा पसिना बगाउनु उचित ठाने । अर्को संयोग के छ भने यी दुवै देश पूर्वी एसियाका देशहरु हुन् ।

१९६० को दशकमा भियतनाम युद्धका बेला अमेरिकाले करिब ८ करोड लिटर ’एजेन्ट ओरेन्ज’ जस्तो विषालु रसायन छर्कियो । जङ्गल र खेतीपाती नष्ट भए, तर भियतनामीहरूले ’माटोप्रतिको अगाध प्रेम’ र छापामार युद्धको बलमा विदेशी शक्तिलाई मात्र हराएनन्, युद्धपछि आफ्नो उजाड भूमिमा पुनः हरियाली फर्काए ।

जापान र भियतनामको आर्थिक चमत्कार र नेपालको कमजोरी

जब हामी जापान, भियतनाम र नेपालको विकासको यात्रालाई उद्योग, कृषि, पर्यटन र आर्थिक वृद्धिका आधारमा तुलना गर्छौँ, तब हाम्रो कमजोरी प्रस्ट हुन्छ । जापान, युद्धपछि ’जापानी आर्थिक चमत्कारमार्फत विश्वको प्रमुख अर्थतन्त्र बन्यो । आज यो अटोमोबाइल, इलेक्ट्रोनिक्स र मेसिनरीमा विश्वमै अग्रणी छ ।

अर्कोतर्फ, भियतनामले १९८६ को ’दोई मोई’ सुधारपछि तीव्र आर्थिक वृद्धि हासिल गर्‍यो र अहिले एसियाको उदीयमान अर्थतन्त्र बनेको छ । यो निर्माण र उत्पादनको नयाँ हब हो । जहाँ सामसुङ जस्ता विश्व प्रसिद्ध कम्पनीका ठुला प्लान्टहरू छन् । कृषिमा पनि भियतनाम विश्वको कृषि भण्डार हो । जुन चामल, कफी, काजू र मरिचका लागि विश्वकै ठुलो निर्यातक देश हो । तर, विश्वकै ठूलो अर्थतन्त्र र जनसंख्या भएका दुई ठूला देशहरुको बिचमा रहेको नेपाल अति कम विकसित राष्ट्रको सूचीमा छ र यसको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ ।

यहाँ औद्योगिकरण न्यून छ र उपभोग्य वस्तुको ठुलो हिस्सा आयातमा निर्भर छ । ६०% भन्दा बढी जनसंख्या कृषिमा आश्रित भए पनि प्रविधि र बजारको अभावले खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । सगरमाथा र लुम्बिनी जस्ता विश्व प्रसिद्ध स्थल भएर पनि पर्यटनमा कमजोर त छंदै छ, पूर्वाधार र नीतिगत अस्पष्टताले आशातीत लाभ लिन नसकेको अवस्था छ ।

नेपालको ’बेमौसमी चुनाव’सः आशा कि फेरि निराशा ?

नेपालको वर्तमान परिदृश्यमा अर्को एउटा महत्त्वपूर्ण कडी थपिएको छ— ’बेमौसमी चुनाव’। राजनीतिक अस्थिरता र सत्ता समीकरणको खेलकाबीच यहि फगुन २१ गते हुन लागिरहेको चुनावप्रति मानिसहरुको मिश्रित प्रतिक्रिया छ । एकातिर, केही मानिसहरूलाई चुनावले नयाँ जनादेश र स्थिरता ल्याउन सक्छ भन्ने लागेको छ । उनीहरूले नयाँ नेतृत्वले देशको आर्थिक विकास, रोजगारी सिर्जना र सुशासनमा ध्यान दिनेछ, भन्ने अपेक्षा गरेको देखिन्छ ।

औद्योगिकरण न्यून छ र उपभोग्य वस्तुको ठुलो हिस्सा आयातमा निर्भर छ । ६०% भन्दा बढी जनसंख्या कृषिमा आश्रित भए पनि प्रविधि र बजारको अभावले खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । सगरमाथा र लुम्बिनी जस्ता विश्व प्रसिद्ध स्थल भएर पनि पर्यटनमा कमजोर त छंदै छ, पूर्वाधार र नीतिगत अस्पष्टताले आशातीत लाभ लिन नसकेको अवस्था छ

तर, अर्कोतिर, धेरैजसो सर्वसाधारणमा निराशा र अविश्वास व्याप्त छ । उनीहरूलाई यो चुनाव पनि केवल सत्ता प्राप्तिको खेल मात्र हो र यसले देशको मूल समस्याहरूलाई सम्बोधन गर्ने छैन भन्ने लागेको छ । विगतका अनुभवहरूले पनि चुनावपछि पनि राजनीतिक अस्थिरता, भ्रष्टाचार र नीतिगत कमजोरी जारी रहन्छन् भन्ने देखाएको छ । धेरै मानिसहरू प्रश्न गर्छन्,  के यो चुनावले महँगी घटाउँछ ? के यसले हाम्रा छोराछोरीलाई स्वदेशमै रोजगारी दिन्छ ?

चुनाव पछिको अबस्थाः एउटा गम्भीर विश्लेषण

चुनाव पछिको अवस्थाको विश्लेषण गर्दा, दुईवटा मुख्य सम्भावनाहरू देखिन्छन् । पहिलो हो आशावादी दृश्य । यदि चुनावले एउटा बलियो र स्थिर सरकार दियो र त्यो सरकारले देशको विकास र सुशासनमा साच्चै ध्यान दियो भने, बिस्तारै जनताको भरोसा फर्कन सक्छ । युवाहरूले देशमै अवसर देख्न थाल्नेछन् र पलायनको दर कम हुन सक्छ ।

तर, यसका लागि राजनीतिक दलहरूमा ठुलो इच्छाशक्ति र प्रतिबद्धता आवश्यक छ । दोस्रो निराशावादी दृश्य । यदि चुनावपछि पनि राजनीतिक अस्थिरता, खिचातानी र सत्ताको खेल जारी रह्यो भने, जनताको निराशा अझ बढ्नेछ । यसले ‘मौन पलायन’लाई झनै तीव्र बनाउनेछ । किनकि युवाहरूले देशमा कुनै भविष्य देख्ने छैनन् । यसले देशको मानवीय पुँजीलाई झनै कमजोर बनाउनेछ र दीर्घकालीन विकासमा नकारात्मक असर पार्नेछ ।

भियतनाममा कडा अनुशासन र राजनीतिक स्थिरताले विकासको जग बसाल्यो । तर, नेपालमा अहिले कुनै युद्ध छैन, आकाशबाट विषको वर्षा भएको पनि छैन । तैपनि यहाँका युवाहरूमा ’देश छोड्ने’ एउटा मानसिक महामारी फैलिएको छ । यसका पछाडि मुख्य कारण भरोसाको संकट हो । ’बेमौसमी चुनाव’ ले यो भरोसा जगाउन सक्छ कि झनै तोड्छ । त्यो भविष्यले नै बताउनेछ ।

नेतृत्व र भरोसाको संकट

जापान र भियतनाममा बाह्य शत्रु प्रस्ट थियो । जसले राष्ट्रियतालाई बलियो बनायो र त्यहाँको नेतृत्वले संकटको बेला जनतामा भिजन र भरोसा जगाउन सकेको थियो । जापानमा उद्योगी र सरकार मिलेर ’देश बनाउने’ योजना बनाए ।

उता भियतनाममा कडा अनुशासन र राजनीतिक स्थिरताले विकासको जग बसाल्यो । तर, नेपालमा अहिले कुनै युद्ध छैन, आकाशबाट विषको वर्षा भएको पनि छैन । तैपनि यहाँका युवाहरूमा ’देश छोड्ने’ एउटा मानसिक महामारी फैलिएको छ । यसका पछाडि मुख्य कारण भरोसाको संकट हो । ’बेमौसमी चुनाव’ ले यो भरोसा जगाउन सक्छ कि झनै तोड्छ । त्यो भविष्यले नै बताउनेछ ।

जापान र भियतनामको उदाहरणले भौतिक विनाशभन्दा मानसिक हार र भरोसाको अभाव खतरनाक हुन्छ भन्ने देखाउँछ । नेपालसँग अपार सम्भावनाहरू छन् । तर यसका लागि राज्यले जनतामा ’म मेरो देशमा केही गर्न सक्छु’ भन्ने भरोसा र अवसर सिर्जना गर्न सकेको छैन । यो अवस्थाबाट बदलाब आबस्यक छ । अन्यथा, इतिहासले हामीलाई युद्ध नभएर पनि आफ्नै देश रित्त्याउने पुस्ताका रूपमा सम्झिनेछ ।

वि.सं.२०८२ फागुन १७ आइतवार १७:१२ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा १२औँ रचना वाचन सम्पन्न

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठान को आयोजनामा १२ औँ रचना...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

सिद्धार्थनगर (भैरहवा) । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...