back
CTIZAN AD

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

वि.सं.२०८३ जेठ ३ आइतवार

924 

shares

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरूको कुल कमिसन खर्च १२.०४ प्रतिशतले बढेको हो ।

कम्पनीहरूले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार, यस अवधिमा १४ कम्पनीले कुल ११ अर्ब ४ करोड ५४ लाख ४२ हजार रुपैयाँ कमिसनमा खर्च गरेका छन् । गत वर्षको यही अवधिमा यस्तो खर्च ९ अर्ब ८५ करोड ८३ लाख ८ हजार रुपैयाँ मात्र थियो।

नेपाल लाइफ अग्रस्थानमा
सार्वजनिक गरेको तथ्याङ्क अनुसार कमिसन खर्च गर्ने मामिलामा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । यस कम्पनीले चैत मसान्तसम्म २ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ अभिकर्तालाई कमिसन बापत वितरण गरेको छ, जुन गत वर्षको तुलनामा १३.४८ प्रतिशत बढी हो ।

त्यसपछि नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६२ करोड २५ लाख रुपैयाँ, एलआईसी नेपालले १ अर्ब ७ करोड २४ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ४ करोड ३० लाख रुपैयाँ अभिकर्तालाई कमिसन दिएका छन्। यस्तै सूर्यज्योति लाइफले ७४ करोड रुपैयाँ, एशियन लाइफले ५९ करोड ७० लाख रुपैयाँ, सिटिजन लाइफले ५६ करोड २६ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ५४ करोड १० लाख रुपैयाँ कमिसनबापत खर्च गरेका छन्।

त्यसैगरी आइएमई लाइफले ४३ करोड ६४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४२ करोड २३ लाख रुपैयाँ, मेट लाइफले ४१ करोड ४८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३९ करोड ६३ लाख रुपैयाँ तथा सन नेपाल लाइफले ३१ करोड ६७ लाख रुपैयाँ अभिकर्तालाई कमिसन दिएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीको यस्तो खर्च १४ करोड ३३ लाख रुपैयाँ मात्रै रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईएमई लाइफले अभिकर्ता कमिसनमा सबैभन्दा उच्च २९.९० प्रतिशतको वृद्धि हासिल गरेको छ। खर्च बढ्ने अन्य कम्पनीहरूको सूचीमा रिलायबल नेपाल (१७.६१ प्रतिशत), सिटिजन लाइफ (१७.४८ प्रतिशत) र सानिमा रिलायन्स (१५.४१ प्रतिशत) अगाडि देखिएका छन्। सबैभन्दा सुस्त वृद्धि भने राष्ट्रिय जीवन बीमा कम्पनीको देखिएको छ, जसको कमिसन खर्च मात्र २.०८ प्रतिशतले बढेको छ ।

 

वि.सं.२०८३ जेठ ३ आइतवार १५:१० मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...