back
CTIZAN AD

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

वि.सं.२०८३ जेठ ३ आइतवार

1.2K 

shares

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ । महालेखापरीक्षकको कार्यालयको ३३औँ वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट रु ७९ अर्ब ६९ करोड बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो । त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै रु ११ अर्ब ३० करोड मात्र भित्रिएको छ । यो स्वीकृत लगानीको १४ प्रतिशत हो ।

सार्वजनिक प्रतिवेदनअनुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दो देखिएको छ । आव २०७९÷८० मा स्वीकृत रु ३२ अर्ब ४८ करोडको प्रस्तावमध्ये रु नौ अर्ब २० करोड प्राप्त भएको छ । जुन समग्रमा २८ प्रतिशत हो ।

त्यस्तै आव २०८०÷८१ मा स्वीकृत भएको लगानीको जम्मा १३ प्रतिशत मात्रै प्राप्त भएको देखिन्छ । सो आवमा रु ८१ अर्ब ६९ करोडको लगानी स्वीकृत भएकामा रु १० अर्ब २९ करोड मात्रै प्राप्त भएको थियो । यो तथ्याङ्कले वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिबीचको विवरण फराकिलो हुँदै गएको देखाउँछ ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन र लगानीमैत्री वातावरण निर्माण गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ ।

वि.सं.२०८३ जेठ ३ आइतवार १६:३६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...