back
CTIZAN AD

इभि मोटर क्षमता विवादबारे नाईमाको ध्यानाकर्षणः केवल वेबसाइटको विवरण हेरेर निष्कर्ष निकाल्नु प्राविधिक रूपमा गलत

वि.सं.२०८३ जेठ ३ आइतवार

468 

shares

काठमाडौँ । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन (इभि) को मोटर क्षमता सम्बन्धमा विभिन्न माध्यमबाट भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस संवेदनशील विषयमा नाईमाले यसअघि नै माननीय अर्थमन्त्री, माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएका छुट्टाछुट्टै छलफलका क्रममा समेत इभि मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्याङ्कनका सवालमा स्पष्ट, व्यवहारिक र एकरुप व्यवस्था आवश्यक रहेको धारणा जोडदार रूपमा उठाइसकेको हो ।

नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरु अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरुले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा नै आयात हुँदै आएका छन् । विश्व ओटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन पनि विभिन्न देशको नियामकीय संरचना तथा बजारको आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास हो । त्यसैले केवल वेबसाइटमा देखिएका विवरण, मोडलको नाम वा बाह्य जानकारीका आधारमा मात्रै मोटर क्षमता सम्बन्धी कुनै निष्कर्ष निकाल्नु प्राविधिक रुपमा विश्वसनीय आधार हुन सक्दैन ।

वास्तवमा हाल नेपालमा इभि सवारी साधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छैन । यही नीतिगत अस्पष्टताका कारण विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न भइरहेको देखिन्छ । त्यसैले इभि सवारी साधनको प्राविधिक मूल्याङ्कन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र र स्थापित प्राविधिक मापदण्डका आधारमा मात्र गरिनुपर्दछ । साथै, सम्बन्धित सरकारी निकायहरुबीच एकरुप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्नका लागि स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गरिनु अपरिहार्य भइसकेको छ ।

विद्युतीय सवारी साधन नेपालको स्वच्छ उर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्दधन गर्ने महत्वपूर्ण माध्यमका रुपमा स्थापित हुँदै गइरहेको अवस्था छ । इभि क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ उर्जाको प्रभावकारी उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा समग्र उर्जा र यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याइरहेको हुनाले राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रुपमा जोडिएको यस क्षेत्रसँग सम्बन्धित विषयहरुलाई तथ्य, प्राविधिक अध्ययन तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै मूल्याङ्कन गरिनु आवश्यक देखिन्छ ।

विद्युतीय सवारी क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषयहरुलाई पर्याप्त अध्ययन, प्रमाणित तथ्य तथा स्थापित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै विश्लेषण गरिनु आवश्यक रहेको नाइमाको प्रष्ट धारणा छ । अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सृजना गर्नुका साथै उपभोक्ताको विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा गम्भीर असर पार्न सक्ने देखिन्छ । यस सन्दर्भमा नेपालका ओटोमोबाइल आयातकर्ता तथा उत्पादकहरुको एकीकृत साझा मञ्च नाईमाले “सबैका लागि गतिशीलता“ को अवधारणालाई आत्मसात गर्दै सरकार तथा सम्बन्धित निकायहरुसँगको समन्वय र सहकार्यलाई निरन्तर सुदृढ बनाउने प्रतिवद्धता जनाएको छ । साथै आगामी दिनमा पनि स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने नाईमाले स्पष्ट पारेको छ ।

वि.सं.२०८३ जेठ ३ आइतवार १८:५८ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...