back
CTIZAN AD

‘आगामी तीनवर्षमा सबै नेपालीका घर–घरमा विजुली पु¥याइने’

वि.सं.२०७५ असोज ९ मंगलवार

768 

shares

९ असोज, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको पर्याप्त सम्भावना रहेको बताएका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बठैकमा मन्त्री पुनले समुन्द्रसँगको सहज सम्पर्क स्थापना गर्न सरकारले यसै आर्थिक वर्षभित्रमा कोशी र नारायणी नदीमा जलमार्गको निर्माण कार्यको थालनी गर्ने बताए ।

उनले आगामी तीन वर्षमा सबै नेपालीको घरघरमा बिजुली बत्ती पु¥याइसक्ने बता्ए । हाल सरकारले भारतबाट प्रतिवर्ष रु १७ अर्बको बिजुली खरीद गर्दै आएको छ । असोज ४ गते सम्पन्न समितिको सभापति पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित भएपछि समितिको पहिलोपटक बैठक बसेको हो । बैठकमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र जलस्रोत सचिव सञ्जय शर्माले मन्त्रालयको सांङ्गठनिक संरचना तथा जनशक्ति व्यवस्थापन आव २०७५÷७६ को स्वीकृत कार्यक्रम कार्यान्वयनको अवस्था, जनशक्तिको व्यवस्थापनका बारेमा समितिका सदस्यलाई सक्षिप्त जानकारी गराए ।

बैठकमा समितिका सदस्य दलबहादुर राना, सीतादेवी यादव, राजबहादुर शाही, राधा ज्ञवाली, शान्तिमाया तामाङ, घनश्याम खतिवडा, सत्यनारायण शर्मालगायतले बूढीगण्डकी र पश्चिम सेती जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा ल्याउनुपर्ने, ‘तराईका अधिकांश जिल्लामा जडान गरिएका ‘डिप–बोरिङ’ सञ्चालनमा नआएकाले अनुगमन गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । समितिको अर्का बैठक भदौ १० गते समितिको कार्यकक्ष सिंहदरबारमा ११ बजे बस्ने भएको छ ।

वि.सं.२०७५ असोज ९ मंगलवार १६:४४ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...