back
CTIZAN AD

सांसदसँग सर्बसाधारणको गुनासो–‘हामीलाई नेपाली भएर बाँच्नुछ’

वि.सं.२०७५ असोज ११ बिहीवार

492 

shares

 

११ असोज, बाँके । ‘हामीलाई बिजुली र सडक चाहियो माननीय ज्यू, निर्वाचनका बेला गरेका प्रतिबद्धता तपाईले पूरा गर्नैपर्छ,’ नरैनापुर गाउँपालिका–५ का सालिकराम यादवले भने, “हामीलाई नेपाली भएर बाँच्नु छ, तर राज्यले त्यो अधिकार खोसेको छ ।”

जनतासँग सांसद नारा दिएर गाउँ पुगेका सङ्घीयसभाका सांसद महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण केसीसँग आक्रोश व्यक्त गर्दै उनले हुलाकी सडकको निर्माण तत्काल सम्पन्न गर्न र नरैनापुरमा बिजुली बाल्न आग्रह गरेका थिए ।

“बिजुली र सडकले जसरी भए पनि नरैनापुरलाई तपाईहरुले जोड्नुपर्छ”, यादवले भने, “तपाईले निर्वाचनमा वाचा गर्नुभएको छ, आफ्नो वाचा पूरा गर्नुस् ।” गाउँ पुगेका सांसदलाई निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा गर्न नरैनापुरवासीको माग छ ।

नरैनापुर–४ का चिर्का पालले पनि उस्तै आक्रोश व्यक्त गरे । उनले भने, “अहिलेसम्म जजसले यहाँबाट जितेर जानुभयो, कसैले पनि यहाँको विकासमा ध्यान दिनुभएन, तपाईहरु त्यसो नगर्नुहोला ।” हुलाकी सडक नबन्दा सुगम जिल्लाको दुर्गम पालिकाका रुपमा चिनिने नरैनापुर अहिले पनि सदरमुकाम नेपालगञ्जसंग सिधा सम्पर्कमा छैन । “यहाँ बिजुली र सडक मात्रै पूरा गरिदिनुस्, हाम्रो समृद्धि त्योसँगै आउनेछ”, पालको आग्रह थियो ।

“नयाँ मान्छे गाउँमा पुग्दा केही विकास ल्याएर आएको होला भन्ने आशा गर्छौं”, ६९ वर्षीय पालले भने, “आशैआशमा मेरो त उमेर नै ढल्किन लागिसक्यो ।” बाँकेको ‘कर्णाली’का रुपमा चिनिने नरैनापुर विकास निर्माणमा ज्यादै पछाडि परेको छ ।

नागरिकका गुनासा सुनेर भावुक बनेका सङ्घीय सांसद महेश्वरजङ्ग गहतराजले यहाँको विकासमा कसैसँग सम्झौता नगरिने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रका बारेमा गरेका कामका बारेमा जानकारी दिँदै भन्नुभयो, “अब यहाँको विकासमा कसैले रोक्न सक्दैन ।”

अबको छ महिनाभित्र राप्ती सोनारीमा बत्ती बल्ने दाबी गर्दै उनले भने, “प्रसारण लाइन विस्तार भइरहेको छ, हामी सरोकारवाला निकायसँग समन्वय गरेर काम गरिरहेका छौँ, छ महिनाभित्र सबै गाउँमा नसके पनि मुख्य प्रसारण लाइनमा बत्ती बालेरै देखाउँछौँ ।”

राप्तीपारिका गाउँलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने हुलाकी सडक निर्माण भइरहेको बताउँदै सांसद गहतराजले भने, “हामीले हुलाकी सडक आयोजना, ठेकेदार कम्पनी सबैसँग समन्वय गरेर छिटो निर्माण सम्पन्न गर्न दबाब दिइरहेका छौँ । तपाईहरु आफ्नो ठाउँमा दबाब बढाउँदै जानुस् ।”

प्रदेश सांसद कृष्ण केसीले सडक, बिजुली र तटबन्ध प्रदेशको प्राथमिकतामा परेको उल्लेख गर्दै “विकास हुँदैन कि भन्नेमा आशङ्का नगर्नुस्, हामीले राज्यको स्रोतबाट विकासका काम गर्ने हो, त्यसमा हामीलाई कुनै कञ्जुस्याइँ छैन, तपाईले तिरेको कर नै विकासमा लगाउने हो ।”

उनले नरैनापुरमा वर्षेनी हुने आगलागीप्रति आफू सजग रहेको बताए । । “यहाँ खरले छाएका घर धेरै भएकै कारण वर्षेनी आगलागीका घटना दोहोरिन्छन्, यसमा हामी सचेत भएका छौँ । अब खरका छाना भएका घर विस्थापित गर्न प्रदेशले कार्ययोजना तयार गरिसकेको छ ।”

सांसदद्वयले आफूहरुले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकासको पहुँच नभएकै कारण स्थानीय बासिन्दा नेपालसँगभन्दा भारतीय बजारमै बढी आश्रित रहन्छन् । नेपालतिर सडकको राम्रो पहुँच नहुँदा नरैनापुरवासीको सम्बन्ध सीमावर्ती भारतीय बजारतिरै जोडिएको छ ।

 

वि.सं.२०७५ असोज ११ बिहीवार ०९:०६ मा प्रकाशित

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने...

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ...

टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज...

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने...