back
CTIZAN AD

श्रीलङ्कालाई हराउदैं नेपालद्धारा तेस्रो जित दर्ता

वि.सं.२०७५ असोज ११ बिहीवार

708 

shares

११ असोज, काठमाडौँ । भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ ।
भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक सावित भयो ।
नेपालले उक्त च्याम्पियनसिपमा यसअघि खेलका पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । समूह ‘ए’मा रहेको नेपालले चीनलाई ३–१ र अफगानिस्तानलाई १३–१ ले पराजित गरेको थियो भने थाइल्याण्डसँग २–० र इण्डोनेसियासँग २–१ ले पराजित भएको थियो । नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १९:०० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...