back
CTIZAN AD

जंगलमा हराएका चार नेपाली मध्ये एकको शब भेटियो तीन अझै बेपत्ता

वि.सं.२०७५ असोज १२ शुक्रवार

597 

shares

१२ असोज, बाँके । एक महीना दिनअघि भारतको बहराईचको बैरिखल्ला जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्थामा शव फेलापरेको छ ।

तीनजना अझै नभेटिएपछि पीडित परिवारले खोज अनुसन्धान गर्न नेपाल सरकारसँग माग गरिरहेका छन् । भारतस्थित बहराईच जिल्लाको बैरिखल्ला भन्ने जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्था शब फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला बर्दिया राजापुर नगरपालिका– ६ बस्ने वर्ष ४५ को वीरेन्द्रबहादुर शाह, सोही स्थान बस्ने वर्ष ४३ को डिब्बु भन्ने बालकृष्ण चौधरी,वर्ष ४० को गोपालचन्द र वर्ष ४५ वर्षको हाङ्ले भन्ने इन्दबहादुर थारु माछा मार्न भनि घरबाट निस्किएकोमा घर नफर्किएकाले खोजतलास गरी पाउँ भनि आफन्तले इलाका प्रहरी कार्यालय राजापुर बर्दियामा निवेदन पेश गर्दा एकजना मृतक हाङ्ले भन्ने इन्दबहादुर चौधरीको शव फेला पारी नेपाल ल्याएको छ ।

रिपोट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । सोही निवेदनका आधारमा प्रहरी कार्यालयले हराएका व्यक्तिको खोजतलास गरी भारतस्थित बहराईच जिल्लाको बैरिखल्ला भन्ने जङ्गलमा सो मृतक व्यक्तिको शव कानूनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन प्रयास भइरहेको र अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वि.सं.२०७५ असोज १२ शुक्रवार १८:५४ मा प्रकाशित

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको...

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्योः आयोग

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्योः आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब...

आयोगको योजनामा दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिने

आयोगको योजनामा दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिने

काठमाडौँ । नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको...

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु...

काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी...

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन...