back
CTIZAN AD

यात्रुलाई सास्ति नहोस् भनेर प्रदेशका सबै जिल्लामा सहायता कक्ष

वि.सं.२०७५ असोज १६ मंगलवार

585 

shares

१६ असोज, भीमदत्तनगर । प्रदेश नं ७ प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले यहाँका नौ वटै जिल्लामा चाडपर्वका बेला यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार यहाँको कैलाली र कञ्चनपुर तथा सातवटै पहाडी जिल्लाका विभिन्न स्थानमा गरी १२ सहायता कक्ष सञ्चालन गरिएको छ । सहज र सुरक्षित यात्राका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी केही दिनयता नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रदेश ट्राफिक कार्यालयका निमित्त कार्यालय प्रमुख टेकबहादुर जोराले जानकारी दिए ।

उनका अनुसार हाल कञ्चनपुरको भीमदत्तनगरपालिका–४ बसपार्क, कैलालीको धनगढी बसपार्क, अत्तरिया बसपार्क, लम्की बासपार्क, डडेल्धुराको बागबजार बसपार्कका साथै स्याउलेमा समेत नागरिक सहायता कक्षा सञ्चालनमा ल्याइएको छ । बैतडी सदरमुकामस्थित बसपार्क, डोटीको पिपल्ला बसपार्क, अछामको मङ्गलसेन, बझाङको सिमखेत बसपार्क, बाजुराको मार्तडी तथा दार्चुलाको खलङ्गा बसपार्कमा सहायता कक्ष स्थापना गरिएको छ ।

सहायता कक्षमा यात्रुको पीरमर्का सम्बोधन गरिनुका साथै ट्राफिक व्यवस्थापन, चालकको अवस्था, मापसे जाँचलगायतका काम गरिने प्रहरी निरीक्षक जोराले बताए । “सबै सहायता कक्षमा ट्राफिक प्रहरी सक्रिय भइसकेको छ”, उनले भने, “यात्रुको सहजताका लागि सबैतिर सहायता कक्ष स्थापना गरिएको हो ।”

वि.सं.२०७५ असोज १६ मंगलवार ०९:२४ मा प्रकाशित

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

मोरङ । नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित...

पूर्वउपसभामुख रानाद्वारा अर्जुनधारा-८ मा मतदान

पूर्वउपसभामुख रानाद्वारा अर्जुनधारा-८ मा मतदान

झापा । पूर्वउपसभामुख इन्दिरा रानामगरले अर्जुनधारा नगरपालिका वडा नं ८...

प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी...

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

चितवन । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर...

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मतदान

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मतदान

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय...

गृहमन्त्री अर्यालद्वारा मतदान

गृहमन्त्री अर्यालद्वारा मतदान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र...