back
CTIZAN AD

त्रिविमा तोडफोड भएको भन्दै ध्यानाकर्षण

वि.सं.२०७५ असोज १६ मंगलवार

585 

shares

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयमा पसेर विद्यार्थीहरुले तोडफोड गरेको भन्दै ध्यानार्षण गराइएको छ ।

सोमबार शिक्षाध्यक्षको कार्यालयमा केही विद्यार्थीहरु प्रवेश गरेर कार्यकक्षको कुर्सी, टेबुल लगायतका भौतिक सामग्री तोडफोड गरी क्षति पु¥याएको तथा त्रिविका पदाधिकारीमाथि कार्यालयमै श्रृखंलाबद्ध रुपमा आक्रमण भएको भन्दै ध्यानाकर्षण गराइएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रिवि केन्द्रीय समितिका अध्यक्ष यादव प्रसाद पोखरेल र त्रिवि प्रगतिशील कर्मचारी संगठन केन्द्रीय कमिटिका अध्यक्ष हेमराज न्यौपाने द्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ‘मिति २०७५ असोज १४ गतेका दिन त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयमा केही विद्यार्थीहरु प्रवेश गरी कार्यकक्षको कुर्सी, टेबल लगायतका भौतिक सामग्री तोफोड गरी क्षति पु¥याएको तथा कार्यरत कर्मचारीहरुमाथि दुव्र्यवहार गरेको घटना प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । त्रि.वि.का पदाधिकारीहरुको कार्यालयमा श्रृंखलाबद्ध आक्रमण हुने कुराले कसैको पनि हित हुदैन ।

विश्वविद्यालयसँग सम्बद्ध सम्पूर्ण पक्षबीचको हार्दिकता र सुमधुर सम्बन्धले नै विश्वविद्यालय आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छ । आफ्ना माग तथा समस्याहरुको समाधान खोज्न वार्ता र छलफलको माध्यम हुँदाहुँदै तोडफोड र अराजकशैली अनुशरण गर्नु घोर निन्दनीय छ । विश्वविद्यायलमा हुने त्यस्ता घटनाक्रमलाई निरुत्साहित गर्न सबै पक्षसँग हार्दिक अपिल गरिन्छ ।’

वि.सं.२०७५ असोज १६ मंगलवार १२:२६ मा प्रकाशित

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...