back
CTIZAN AD

नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तन विषयमा मिलेर काम गर्ने

वि.सं.२०७५ असोज १६ मंगलवार

519 

shares

१६ असोज, सान होजे । प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ ।
वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताए । उनले कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवाधिकारजस्ता विषयमा निकै प्रगति गरेको आफूले देखेको उल्लेख गरे ।

प्रधानमनत्री ओलीले आफूले पिरिस जलविद्युत परियोजना तथा वायुऊर्जा संयन्त्र हेर्ने मौका पाएको, शान्ति विश्वविद्यालयमा मानार्थ विद्यावारिधिको उपाधि स्वीकार्दा शान्ति तथा सामाजिक– आर्थिक विषयमा छलफल गर्न पाएको जानकारी दिए । उनले दुई देशबीच सम्बन्ध तथा सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको र त्यसमा गरीबी, गरिबी निवारण, दिगो विकास, वातावरण संरक्षण, स्वच्छ ऊर्जा र अन्य विषय समेटिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले दुई नेतृत्वबीच नेपालको प्राथमिकता, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य, वातावरणीय परिवर्तन, महिला सशक्तीकरण, प्रजातन्त्र, सुशासन, निःशस्त्रीकरण आदि विषयमा पनि छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलालाई उपयुक्त छिटो समयमा नेपाल भ्रमणको निमन्त्रणा पनि दिएको छ । प्रधानमन्त्री ओली तथा राष्ट्रपति क्वेसाडाबीच छुट्टै एकल वार्तासमेत भएको थियो । यसपछि दुई मुलुकबीच प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको थियो ।

कोस्टारिकाका प्रथम महिला क्लाउडिया डोबल्स कामार्गोले पनि प्रतिनिधिमण्डलसँग भेट गरेको थियो । उनले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसँग छुट्टै वार्ता गरेको थियो ।

प्रधानमन्त्री ओली आज राष्ट्रपति क्वेसाडासँग भेटवार्ता गर्न कोस्टारिका कला सङ्ग्रहालय आइपुग्दा उनलाई प्रथम उपराष्ट्रपति तथा विदेश मामिलामन्त्री एप्सी क्याम्पबेल बारले स्वागत गरेको थियो ।

स्वागतपछि दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । प्रधानमन्त्री ओलीले आजै कोस्टारिका कला सङ्ग्रहालयको अवलोकन गरे । सान होजेको पुरानो विमानस्थलमा रहेको ला सबाना उद्यानमा सो सङ्ग्रहालय अवस्थित छ । सङ्ग्रहालयमा छ हजार कला सजाइएको छ । यो स्थायी सङ्ग्रहालय हो र यसले कहिलेकाहीँ अस्थायी प्रदर्शनी पनि आयोजना गर्छ ।

यहाँ ल्याटिन अमेरिकाका कलाकार जासे साञ्चो, म्याक्स जिमेनेज, फ्रान्सिस्को जुनिगा तथा जर्ज जिमेनेज देखेदियाजस्ता कलाकारका कला प्रदर्शनीमा राखिएको छ । यहाँ कोस्टारिकाका प्रायः सबै कला प्रदर्शनमा छन भने विश्वभरका करीब ५६० समसामयिक कला पनि राखिएका छन ।

सङ्ग्रहालयको बाहिरी भागमा मूर्तिकला सजाइएको छ । यहाँ फ्रान्सेली कलाकार लुइस फेरोनको पनि कला सजाइएको छ । आजै कोस्टारिकाका राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलाले प्रधानमन्त्री ओली तथा उनकी धर्मपत्नी शाक्य तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरे ।

प्रधानमन्त्री ओलीसँग उनका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १४:२४ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...