back
CTIZAN AD

 ‘चिबोकका केटीहरु’ लिएर आउँदै छन् हिक्मत थापा

वि.सं.२०७५ असोज १७ बुधवार

615 

shares

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाको कबिता सङ्ग्रह ‘चिबोकका केटीहरु’ सार्बजनिक हुने भएको छ ।

नाइजेरियाको बोर्नो राज्यको चिबोकबाट सन् २०१४ को अप्रिल १४ मा एक स्कुलबाट बोकोहराम आतंककारीबाट अपहरित २७६ स्कुले छात्राहरु माथी लेखिएको शिर्ष कविताको शिर्षकबाट नै यस संग्रहको नाम राखिएको छ ।

आगामी अक्टोबर १३ गते काठमाडौंमा सार्बजनिक हुन लागेको उक्त कविता संग्रहमा थापाका चालिसका दशकदेखि लेखिएका प्रतिनिधिमुलुक कबिताहरु अटाएका छन् ।

रास्ट्रप्रेम, प्रबासी पीडा र कबिको सौन्दर्य चेतले भरिपुर्ण रहेका उक्त कविता सङ्ग्रहको प्रकाशक साङ्ग्रीला बुक रहेको छ भने सम्पादन सुबिद गुरागाईले गरेका छन ।

वि.सं.२०७५ असोज १७ बुधवार १४:१३ मा प्रकाशित