back

एकमहिनापछि बसेको प्रदेशसभाको बैठक पाँच मिनेटमै सकियो

वि.सं.२०७५ असोज १९ शुक्रवार

294 

shares
GLOBAL IME AD
NTC AD
 प्रदेश नं २ लाई नमूनाका रुपमा प्रवद्र्धन गर्न आह्वान
फाइल फोटो

१९ असोज, धनुषा । प्रदेश नं. २ प्रदेशसभा बैठक शुरु भएको पाँच मिनेट मै सकिएको छ ।

प्रदेश सरकारले बिजनेस दिन नसकेपछि करीब एक महिनापछि विहिबार बसेको प्रदेशसभाको बैठक पाँच मिनेटमै सकिएको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले गाउँ र नगरसभा कानून निर्माण तथा करार कर्मचारी भर्नासम्बन्धी बनेको विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए ।

प्रदेश सरकारले संसद् सचिवालयमा प्रशासकीय कार्यविधि, सुशासन कायम गर्ने, प्रदेशसभा सचिवालय, मदर्सा बोर्ड गठन, यातायात व्यवस्थासहित ६ वटा विधेयक दर्ता गराए पनि बैठकमा दुई विधेयकमात्र प्रस्तुत गरिएको हो ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । शुक्रबारको बैठकमा दुवै विधेयकमाथि छलफल शुरु हुने जनाइएको छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०९:५० मा प्रकाशित

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो...

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका...

आज प्रेमिल जोडी रानीमहल पुग्दै

आज प्रेमिल जोडी रानीमहल पुग्दै

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर...

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

गण्डकी । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज...