
२१ असोज, काठमाडौं । संघीय संसद्का समितिहरुले सरकारलाई एउटै विषयमा फरक–फरक निर्देशन गरेका छन् । समितिहरुबीच समन्वय नहुँदा निर्देशन पाउने सरकारी निकाय अन्योलमा पर्न थालेका छन् । सरकारी अधिकारीलाई एउटै विषयमा दिनहुँ फरक–फरक समितिका सांसदका प्रश्नको जवाफ दिन भ्याइ नभ्याइ छ ।
चाडपर्वमा बजार अनुगमन र कारबाहीका विषयमै राष्ट्रियसभा र प्रतिनिधिसभाका तीन समितिले राष्ट्रिय सभा र प्रतिनिधिसभाका तीन समितिले सरकारलाई तीनथरी निर्देशन दिएका छन् । निजगढ विमानस्थलबारे राष्ट्रियसभा राष्ट्रिय सरोकार एवं समन्वय समिति र प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिको निर्देशन पनि फरक छ । सरोकार समितिले विवाद समाधान गरेर विमानस्थलमा काम तत्काल अघि बढाउन निर्देशन दिएको छ ।
अन्तराष्ट्रिय सम्बन्ध समितिले विमानस्थल निर्माणमा उत्पनन्न वातावरणीय विवाद अध्ययन गर्न उपसमिति गठन गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज २१ आइतवार ०७:५२ मा प्रकाशित






























