back

जनसम्पर्क समिति आयरल्याण्डको कार्यसमिति विस्तार

वि.सं.२०७५ असोज २५ बिहीवार

483 

shares

जनसम्पर्क समिति आयरल्याण्डको कार्यसमिति विस्तार गरिएको छ ।  आयरल्यान्डको गलवें सिटीस्थित काश्मिर रेष्टुरेन्टमा सम्पन्न भएको समितीको नियमित विस्तारीत बैठकले सभापति शुक्रराज न्यौपानेको नेतृत्वमा कार्यसमितिलाई पूर्णता दिएको हो ।

जसको उपसभापतीमा सागर लामा (काभ्रे), महामन्त्रीमा प्रकाश सापकोटा (बाग्लुङ), कोषध्यक्षमा लक्ष्मी सापकोटा (बाग्लुङ), सहमहामन्त्री अंकित ओली (दाङ), सहकोषध्यक्षमा राजकुमार महत (ललितपुर) र युवा, सांस्कृतिक तथा खेलकुद विभाग संयोजकमा अनिश भण्डारी (मोरङ) रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा गणेश प्रसाई (झापा), लक्ष्मी पौडेल (तेह्रथूम), अंतिम उप्रेती (चितवन), राज कुमार खरेल (काभ्रे), राम गुरुङ (खोटाङ्ग), रुपेश रेग्मी (बाग्लुंङ), लोकेश धामी (कन्चनपुर) प्रविन कोइराला (कास्की) सरोज पोखरेल (अर्घाखाँची), लक्ष्मी पोखरेल (चितवन) र अमृत जोशी (लम्जुङ्ग) रहेका छन् ।

यसैगरी समतिको सल्लाहकारहरुमा नवराज कोइराला, विनोद कार्की र अच्युत गैरे रहेको पनि सभापति शुक्रराज न्यौपानेले जनाएका छन् ।

समितीका अध्यक्ष शुक्रराज न्यौपानेको सभापतित्वमा सम्पन बैठकले  २०१९ जनवरीमा मेलमिलाप दिवस मनाउने, २०१९ अप्रिलमा अधिबेशन गर्ने लगायतका विभिन्न निर्णयहरु समेत गरेको छ ।

यस्ता छन् बैठकको  निणर्यहरु 
१–बैठकले अहिलको परिस्थितिमा नेपाली जनसम्पर्क समितीलाई थप क्रियासील गराई आयरल्यान्डमा रहेका समस्त लोकतन्त्रवादी हरूलाई एकीकृत गरी नेपाली कांग्रेसको अभियानमा सहयोग पुगोस् भन्नु हेतुले कार्यसमितिको पुनर्गठन एवं जिम्मेवारी हेरफेर गर्नको निम्ती अध्यक्ष शुक्रराज न्यौपानेलाई अख्तियार दिने निर्णय गरेको छ ।

२– नेपाली जनसम्पर्क समिती आयरल्याण्डको पहिलाको भाईबर ग्रुपलाई पब्लिक ग्रप बनाउने र कार्यसमितीका साथीहरू तथा सल्लाहकारसँग आन्तरीक छलफल गर्न नयाँग्रुप निर्माण गर्ने निर्णय गरियो ।

३–बिपी कोईरालाको बहुआयामिक व्यक्तित्व, नेपाली कांग्रेसको आदर्श एवं सैधान्तिक बिचारहरु जनस्तरमा पुर्याउनका लागि २०१९ को जनवरीको पहिलो साता मेलमिलाप दिवस मनाउने निर्णय गरियो ।

४–नेपाली जनसम्पर्क समिती आयरल्यान्डको पहिलो अधिवेशन २०१९ को अप्रिल महिनामा गर्ने निर्णय गर्दै उक्त अधिवेशनलाई भब्य एवं सभ्यरूपमा सफल पार्नको निम्ती शुक्रराज न्यौपानेको संयोजकत्वमा १०१ जनाको मूल आयोजक समिती गठन गर्ने निर्णय गरियो ।


मूल आयोजक समितीमा नवराज कोईराला, विनोद कार्की, अच्युत गैरे, गणेश प्रसाई, सागर लामा, प्रकाश सापकोटा, लक्ष्मी सापकोटा, अंतिम उप्रेती, राजकुमार महत, अंकित ओली, राम गुरुङ, रुपेश रेग्मी, राजकुमार गुरुङ, सुमन गुरुङ , भीम गौतम, सरोज पोखरेल, देवराज कोईराला, अनिल महत, अन्जन महत, भागीरथी त्रिपाठी, शर्मिला पौडेल, सुनिता कार्की, लक्ष्मी कोईराला, अनिता गैरे, देवी प्रसाई, ईश्वरी महत, सुजना गजुरेल महत, गंगा देवी सापकोटा, सुरक्षा खड्का, शीतल शर्मा, मीना गौतम, विवेक पोखरेल, हरि गौतम, लक्ष्मी पौडेल, उत्तम पाण्डे, योगेश धामी, चमन राना, प्रविन कोईराला, अनिश भण्डारी, विवेक सापकोटा, शालिकराम खनाल, बलराम तिवारी, मिलन श्रेष्ठ, विष्णु खरेल, भुमा खरेल, हुमनाथ पोखरेल, लक्ष्मी पोखरेल लगायत रहेका छन् ।

५–नेपाली जनसम्पर्क समितको बैठकको लागी स्थान एवं बैठक पश्चात स्वादिष्ठ लन्च उपलब्ध गराउने काश्मिर रेष्टुरेन्टका प्रोपाइटर विनोद कार्की, अच्युत गैरे एवं समस्त काश्मिर परिवारलाई धन्यवाद ज्ञापन गरेको थियो ।

वि.सं.२०७५ असोज २५ बिहीवार १७:१४ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...