back
CTIZAN AD

चुनावी प्रचारप्रसारमा खर्चको खोलो बग्यो

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1.2K 

shares

५ कार्तिक,वासिंगटन । अमेरिकामा आगामी ८ नोभेम्बरका दिन हुन गै रहेको राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार द्वयः हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले चुनावी प्रचार प्रसारमा खर्चको खोलो बगाएका छन् ।

प्रचारप्रसारको क्रममा विभिन्न स्थानका आमसभा वा प्रत्यक्ष टेलिभिजन बहसमा बारुलाले चिलेझैं तीखो र आक्रामक रुपमा प्रस्तुत भएपछि ट्रम्पले आफ्नो बचाउ गर्नका लागि प्रचार प्रसार खर्चमा गतः महिनाको तुलनामा दुईगुणाभन्दा बढी वृद्धि गरेका छन् भने हिलारीको खर्च पनि कम छैन ।

उम्मेदवारी दर्ता भएदेखि यता हालसम्म ट्रम्पले मोटामोटी सात करोड अमेरिकी डलर सिध्याइ सकेका छन् ।

त्यसैगरी, हिलारी पनि खर्च गर्नमा कम छैनन् । उनले पनि हालसम्म ट्रम्पको भन्दा बढ्तैः मोटामोटी आठकरोड तीसलाख अमेरिकी डलर सिध्याइ सकेकी छिन् ।

ह्वाइट हाउस प्रवेश गर्ने दौडबाजीमा के केमा के कति खर्च भए भनी संघीय चुनाव आयोग (फेडरल इलेक्सन कमिसन) लाई बुझाइएको पछिल्लो आर्थिक विवरण प्रतिबेदनमा दुबै उम्मेदबारको खर्चमा नाटकिय वृद्धि भएको देखिएको छ ।

क्लिन्टनले विज्ञापन र सञ्चार माध्यमको खरिदीमा करिव छ करोड साठीलाख डलर खन्याएको तुलनामा यस धनराशीको केही अंश मात्र ट्रम्पले बिज्ञापनमा खर्च गरेको देखाइएको छ ।

त्यस्तै, आफ्नो प्रचारप्रसारका क्रममा शिबिर, कार्यालय सञ्चालन तथा अन्य प्रयोजनका लागि क्लिन्टनले ८०० कार्यकर्ता, कर्मचारीलाई काममा लगाएकि छिन् । उनीहरुको पारिश्रमिक तथा अन्य सम्बन्धित खर्चले उनको समग्र मासिक खर्चमा दोश्रो स्थान ओगटेको छ ।

ट्रम्प पट्टि भने परामर्शदाता वा सल्लाहकार सहित ३५० जना मात्र कर्मचारी छन् । उनले आफूप्रति समर्पित स्थानीय रिपब्लिकन मतदाताहरुलाई नै कार्यकर्ता नियुक्त गरेका छन् ।

न्युयोर्कका घरजग्गा ब्यवसायी धनाढ्य ट्रम्प गतः सेप्टेम्बर महिना अघिसम्म अलि न्यून खर्चमा प्रंचारप्रसार गर्दै आएका थिए भने सेप्टेम्बर महिनाको ब्यापारिक बिज्ञापन शुल्कमा मात्र यिनले दुईकरोड तीसलाख डलर भुक्तानी गरे ।

साथै, निर्वाचन मैदानमा उत्रेका अन्य पार्टीका र स्वतन्त्र उम्मेदवारहरुको खर्च पनि बढेको जनाइएको छ ।

फेडरल इलेक्सन कमिसन लाई बुझाइएको आर्थिक विवरण प्रतिवेदनमा उम्मेदवारहरुले गरेका खर्चको श्रोत पनि खुलाइएको छ ।

रिपब्लिकन पार्टीबाट प्राप्त आर्थिक सहयोग, आफ्नो कमाइ र पहिला पहिला सञ्चालन गरिएको निवार्चन खर्च जुटाउने अभियानबाट प्राप्त रकमलाई ट्रम्पले खर्चको श्रोत उल्लेख गरेका छन् ।

हिलारीले पनि डेमोक्र्याटिक पार्टीबाट प्राप्त आर्थिक सहयोग, बिभिन्न स्थानमा आफ्ना समर्थकहरुले पहिला पहिला सञ्चालन गरेका निवार्चन खर्च जुटाउने अभियानबाट उठेको रकम र खर्वपति ब्यापारी डोनाल्ड सुसम्यानले दिएको चन्दा सहयोगलाई खर्चको श्रोत उल्लेख गरेकी छिन् ।

यसैबीच, गतः बुधवार साँझ सम्पन्न प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रममा ट्रम्पलाई सोधिएको एक प्रश्नको उत्तर दिने क्रममा आवेशमा आई ट्रम्पले “यस निर्वाचनमा आफ्नो विजय नभई हिलारीको विजय भएमा निर्वाचन परिणाम स्वीकार नगर्ने” भनी दिएको अभिव्यक्तिलाई राष्ट्रपति ओबामाले “खतराजन्य” र “प्रजातान्त्रिक मूल्य र मान्यता विपरितको” भन्ने टिप्पणी गर्नु भएको छ । रासस÷एपी

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १०:२४ मा प्रकाशित

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...