back
CTIZAN AD

विषादीयुक्त खाद्यवस्तु रोक्ने प्रतिबद्धता

वि.सं.२०७५ असोज २९ सोमवार

609 

shares

 

२९ असोज, भद्रपुर । पूर्वी नाकाबाट भित्रिने विषादीयुक्त खाद्यवस्तुको आयातमा कडाइ गर्न र त्यसको नियन्त्रणमा चार वटा निकायले प्रतिबद्धता जनाएका छन् ।

चाडपर्वको बहनामा छिमेकी मुलुक भारतका सीमा बजारबाट नेपाल भित्रिने यस्ता वस्तुले मानव जीवनमा असर पार्ने भन्दै मेचीनगर नगरपालिकाले आइतबार सम्बन्धित पक्षसँग छलफल कार्यक्रम गरी सो प्रतिबद्धता जाहेर गरेको हो । कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभिट्टा, खाद्य प्रयोगशाला काँकरभिट्टा तथा क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाबीच भएको छलफलमा सबै निकायले यस्ता वस्तुको आयातमा कडाइ गर्दै नियन्त्रणमा सक्रियतापूर्वक लाग्ने बताए ।

नगरपालिकाका प्रमुख विमल आचार्यले खुला सिमानाका पूर्वी नाका निकै संवेदनशील भएकाले यस्ता वस्तु सजिलै भित्रिने हँुदा त्यसतर्फ सम्बन्धित निकाय निकै चनाखो हुनुपर्ने बताए । भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले यस्ता वस्तुको आयात रोक्न यात्रु शाखादेखि अन्य स्थानमा समेत कर्मचारी परिचालन गरिएको जानकारी दिए ।

विषादीयुक्त खाद्यवस्तुको नियन्त्रणमा स्थानीय प्रशासन, नगरवासीलगायत सरोकार निकाय एक ढिक्का भएर लाग्नसमेत उनको आग्रह थियो । चाडपर्व नजिकिएसँगै मासु तथा मासुजन्यलगायत अन्य घरायसी वस्तुको आयातको चाप बढ्ने र धेरै अखाद्य वस्तु भित्रिने भएकाले त्यस्ता वस्तुको क्वारेन्टाइन जाँचमा उच्च सतर्कता अपनाएर उपभोक्तामाझ स्वस्थ्यकर खाद्य वस्तु उपलब्ध गराउन क्वारेन्टाइन अधिकारीहरुले चेकपोष्ट र कार्यालयबाट उच्च सतर्कतासाथ जाँच भइरहेको जानकारी दिए ।

 

वि.सं.२०७५ असोज २९ सोमवार १५:२७ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...