back
CTIZAN AD

ज्यानको बाजी थापेर पर्यटकलाई बचाए शीरलालले

वि.सं.२०७५ असोज २९ सोमवार

741 

shares

२९ असोज, काठमाडौँ । चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंँडाबाट पर्यटकलाई बचाउन सफल भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैँंडाको आक्रमणबाट गम्भीर घाइते हुनुभएका परियारको अहिले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । वन र वन्यजन्तुको संरक्षण सँगसँगै पर्यटकलाई निकुञ्ज घुमाएर वन्यजन्तु अवलोकन गराउनु उहाँको दशकौंदेखिको दैनिकी थियो । सौराहाको होटल पार्क साइडका सञ्चालक परियार चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि पथ प्रदर्शक समेत हुन् ।

गएको शुक्रबार निकुञ्जमा अष्ट्रेलियाका ११ जना पर्यटकलाई घुमाउन लैजाने क्रममा नसोचेको परिणाम भोग्नुप¥यो । एक्कासि भेटिएको बच्चासहितको गैँंडाले पर्यटकलाई आक्रमण गर्न आयो । परियारले आफ्नो ज्यानको बाजी थापेर पर्यटकलाई सकुशल फिर्ता गरे । तर पर्यटकलाई जोगाउँदा आफू भने घाइते भएका छन् ।

गैंडासँग कसरी बच्ने भन्ने कला उनीसँग थियो । यसपटक धेरै पर्यटक भएकाले उनीहरुलाई बचाउनकै लागि गैंँडासँग सङ्घर्ष गर्नुप¥यो । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत परियाले भने, “बच्चा सहितको गैंँडाबाट बच्न मुस्किल पर्छ, तर यसपाली पर्यटक बचाएर आफू पनि बाँच्न सफल भएँ, यो मेरो नयाँ जीवन हो ।’

बच्चा देखेपछि आक्रामक हुँदै गैँडा आयो । अब पर्यटकलाई मार्ने भयो भनेर उनेले विभिन्न उपायसहित भूइँमा लठ्ठी बजारे । तर गैँंडा रोकिएन । रुखमा छेलिएर गैंँडालाई धपाउन लाग्दा आफैं झाडीमा अल्झिएर लडेपछि गैंँडाले आक्रमण गरेको परियार सम्झन्छन् । गैँंडाले उनको पिँडुल्ला टोकेर गम्भीर घाइते बनाएको छ ।

छातीमा हान्यो भने एकैचोटी ज्यान जान्छ भनेर एक्कासि घोप्टो परेपछि अरु दुई पथ प्रदर्शकको सहयोगमा गैंँडाबाट बच्न सफल भएको उनको भनाइ छ । बच्चा सहितको कुनै पनि जनावर देखिएमा सतर्क हुनुपर्ने सुझाव पनि उनको छ । तिघ्रा पछाडि सिङ्ले हानेको छ । चितवनको भरतपुर अस्पतालमा शल्यक्रिया गरिए पनि घाउँमा सङ्क्रमण भएपछि उहाँलाई आइतबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । सङ्क्रमण भएको सबै मासु निकालिएको र दुई दिनपछि पुनः शल्यक्रिया गर्ने तयारी गरिएको पत्नी सुशीला चौधरीले जानकारी दिइन् ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति हुने गरेको छ । गैँंडा, बाघ, चितुवा, भालु, हात्तीले बढी आक्रमण गर्छ ।

वि.सं.२०७५ असोज २९ सोमवार १५:२० मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...