back
CTIZAN AD

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार

333 

shares

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो, पारदर्शी तथा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गर्दै विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थि वर्ष २०८३ /८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले न्याय प्रणालीलाई छरितो, पारदर्शी तथा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गर्दै विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने योजना अघि बढाएको बताए।

बजेट वक्तव्यमा विपन्न तथा दुर्गम क्षेत्रका नागरिकका लागि निःशुल्क कानुनी सहायता कार्यक्रम सञ्चालन गरिने र शान्ति प्रक्रिया तथा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कार्य यथाशीघ्र निष्कर्षमा पु¥याइने उल्लेख छ ।

सरकारले राष्ट्रिय सुरक्षा नीति २०७५ को पुनरावलोकन गरिने भएको छ भने नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै रु दुई अर्ब विनियोजन गरिएको छ । ऐतिहासिक गढी तथा किल्लाको संरक्षण गरी पर्यटनसँग आबद्ध गरिनेछ ।

नेपाल प्रहरीको अनुसन्धान तथा अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिइनेछ । विधि विज्ञान प्रयोगशालामा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको अवकाश अवधि र निवृत्तिभरण सुरु हुने अवधिबीच रहेको अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गरिनेछ । सशस्त्र प्रहरी बल नेपाललाई अन्तरराष्ट्रिय सीमा सुरक्षाको समर्पित व्यावसायिक फोर्सका रूपमा विकास गरिनेछ ।

बजेटमा कारागार सुधार, क्षमता विस्तार तथा खुला कारागार अवधारणालाई कार्यान्वयन गर्दै सुधारगृहका रूपमा रूपान्तरण गरिनेछ । विपद् प्रतिकार्यमा संलग्न जनशक्ति तथा स्वयंसेवकको क्षमता विकास गरिनेछ । विपद्पछिको क्षतिपूर्ति, राहत तथा पुनर्निर्माणका लागि बीमालगायत जोखिम हस्तान्तरणका उपकरण विस्तार गरिनेछ ।

सरकारले बजेटमार्फत सङ्घीयता तथा शासकीय सुधार सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको अधिकार, जिम्मेवारी तथा कार्यसम्पादनमा रहेको दोहोरोपन हटाउन कार्यविस्तृतीकरणको पुनरावलोकन गरिने उल्लेख छ ।

बजेटमा तीन तहबीचको दोहोरो कर विवादलाई क्षेत्राधिकारको स्पष्टता तथा कानुनी सुधारमार्फत समाधान गरिनेछ । सङ्घीयता सुदृढीकरण तथा स्थानीय सेवा सुधारका लागि ‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने उल्लेख छ ।

वि.सं.२०८३ जेठ १५ शुक्रवार १८:४६ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...