back
CTIZAN AD

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

वि.सं.२०८३ जेठ १६ शनिवार

1.3K 

shares

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु हुन्छ ? शायद तपाईले सोच्दै हुनहोला, २-३ हजार बढीमा ४ हजार। यो सोचाई अव नयाँ रहेन। न्युजिल्याण्ड सरकारको बाणिज्य, नवप्रवर्तन र रोजगार मन्त्रालय (Ministry of Business, Innovation and Employment) को तथ्यांक अनुसार २०२५ मे १ देखि २०२६ अप्रिल ३० सम्म नेपाली पासपोर्टमा न्युजिल्याण्ड आउनेहरुको संख्या ९ हजार ३ सय ३९ जना रहेका छन।

सोही तथ्यांकका अनुसार न्युजिल्याण्ड आउने ५० वर्ष माथिका १७०१ नेपालीहरुमा ९४२ जना महिला र ७५९ जना पुरुष रहेको कुरा पनि प्रष्ट पारेको छ। न्युजिल्याण्ड आउनु हुने ५० वर्ष माथिका १७०१ नेपाली मध्ये १५३९ जना भिजिट भिसामा रहेको उक्त मन्त्रालयले स्पष्ट पारेकोछ।
विश्वमा देखिएको शारिरिक चेतना, वैज्ञानिक विकास, ५ बर्षसम्मका बच्चाहरुको अकाल मृत्युमा कमी, उपचारको स्तर-उन्नति लगायत कारणहरुले गर्दा अहिले नेपाली महिलाहरु सरदर ७२ बर्ष र पुरुष सरदर ७१ बर्ष बाँच्ने गरेकाछन भने न्युजिल्याण्ड वसोवास गर्ने एशियाली मूलका मानिसहरुको जिउने सरदर बर्ष पुरुषको ८५ बर्ष र महिलाको ८७ बर्ष रहेको तथ्यांक छ।

यति हुँदाहुँदै पनि उमेरले ५० पुगे पछि मानव शरिरमा शारिरिक कमजोरीका लक्षणहरु देखिने, जस्तै टाइप -२ डायबेटीज, हाडको घनत्वमा र्‍हास आउने (ओस्टिओपोरोसिस), जोर्नी दुख्ने, कोलस्टेरोल, उच्च रक्तचाप, जस्ता असंक्रामक रोगहरु देखिन थाल्छन। ५० बर्ष नाघिसकेका बुवा(मुमाहरु न्युजिल्याण्ड घुम्न रहर गर्नु अत्यन्त स्वाभाविक हो र न्युजिल्याण्डमा स्थायी वसोवासको भिसा प्राप्त नेपालीहरुले आफ्ना आमा(बाबुलाई आदर सत्कार गर्दै आईरहेको कुरा एक वर्षमा १७०१ जना ५० वर्ष माथिका नेपालीहरु भिजिटर भिसामा आउनुले प्रष्ट छँदैछ।

आमा-बुवालाई बोलाउँदा बिर्सनै नहुने कुरा
आज सम्म हजारौं नेपाली आमा-बुवाहरुले न्युजिल्याण्ड भ्रमण गरि सक्नु भएको छ। तर करिव दर्जन् जति आमा वा बुवाहरु हस्पिटल् मा भर्न भै केही दिनको स्वास्थ्य(उपचारको सेवा लिनु परेको थियो। भिजिट भिसामा रहनु हुने सवैलाई न्युजिल्याण्डको उपचार खर्च अत्यन्त महंगो रहेको छ । एक रातको हस्पिटल् बसाई, चिकित्सा(सेवा, बिभिन्न टेष्टहरु गरेर लगभग २००० न्युजिल्याण्ड डलर तिर्नु पर्ने हुन्छ। हप्ता(दश दिनको बिल लगभग २० हजार आउने गरेको छ। त्यसैले आमा-बुवाहरु वा आफन्त बोलाउंदा ूट्रावल इन्सुरेन्सू अनिवार्य रूपमा गराउनु बुद्धिमानी हुनेछ।

कति पर्छ ट्राभल इन्सुरेन्सर ?
ट्राभल इन्सुरेन्स (यात्रु बिमा) को भरपर्दो कम्पनि “साउथर्न ट्राभल इन्सुरेन्स” मानिन्छ। त्यसको वेभ(साइटमा गए पछि न्युजिल्याण्ड ट्राभल गर्ने हरुको उमेर र न्युजिल्याण्ड बसाई कति दिनको हुने भनेर सोध्ने छ, त्यसको आधारमा प्रिमियम दस्तुर तोक्ने गर्दछ। ५२-५४ उमेर समूहको आमा बाबुको ३ महिनाको प्रिमियम करिव ७०० न्युजिल्याण्ड डलर लाग्छ।

निस्शुल्क स्वास्थ्य सेवाको हकदार नभएका व्यक्तिहरूको लागि उपचार खर्च
न्युजिल्याण्डका अस्पतालहरुमा सर्जरी गर्नु पर्ने अवस्थामा प्रकृया र अवस्था अनुसार यौटा सर्जारीको करिव ४२,२३५ डलर बाट दशौं हजारसम्म हुन सक्ने कुरा हेल्थ न्युजिल्याण्डले उल्लेख गरेको छ। त्यस्तै डाक्टरको पेशागत सल्लाहको लागि क्लिनिकमा जचाउंदाको शुल्क (रोगरसमस्या हेरेर) न्युजिल्याण्ड डलर ५५० देखि १२५० सम्म लाग्ने कुरा हेल्थ न्युजिल्याण्डको आधिकारिक वेभ(साइटमा उल्लेख गरिएको छ। त्यसैले न्युजिल्याण्ड भ्रमणको लागि आउने सवैले यात्रु-बिमा (ट्राभल इन्सुरेन्स) गर्न अतिआवश्यक देखिन्छ।

महर्जन गैरआवासीय नेपाली संघ(एनआएनए), न्यूनिल्याण्डको संस्थापक अध्यक्ष हुन् ।

वि.सं.२०८३ जेठ १६ शनिवार १६:३३ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...