back
CTIZAN AD

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

वि.सं.२०८३ जेठ १८ सोमवार

2K 

shares

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका साना व्यवसायीहरू अहिले नीतिगत र पूँजीगत दबाबका कारण विस्थापित हुनुपरेको भन्दै एक पीडादायी पत्र सार्वजनिक भएको छ । पोल्याण्डमा रहेका व्यवसायी मित्र लाल पार्देले ‘भिजन फोन’ मार्फत उक्त पत्र सबै सम्बन्धित निकाय, सञ्चारकर्मी र आम नागरिकलाई सम्बोधन गरेका छन् ।

पत्रमा भनिएको छ, “म संसारभर छरिएर रहेका ती हजारौँ साना व्यवसायीहरूको प्रतिनिधित्व गर्दै यो पत्र लेख्दैछु, जसले विदेशी भूमिमा आफ्नो सुरक्षित जागिर र सुखचैन त्यागेर ‘नेपाली सामान’ को झण्डा बोके।” हिजो जब २० किलो कुरियरबाट ल्याइएको सामान पनि नबिक्ने अवस्था थियो, तब गल्ली–गल्लीमा ‘यहाँ नेपाली सामान पाइन्छ’ भनेर विदेशीलाई प्रेरित गर्ने सोही साना व्यवसायीको मेहनतले नै आज नेपाली उत्पादनले विश्व बजार पाएको तर्क गरिएको छ ।

तर, आज तिनै बजार–निर्माता ‘अपराधी’ सरह विस्थापित गरिएको भन्दै पत्रमा प्रश्न उठाइएको छ : “हिजोका अभियन्ता आजका ‘अपराधी’ ?” पैसा र शक्तिको आडमा केही ठूला पूँजीपतिले ती साना व्यवसायीले १० वर्ष लगाएर बनाएको बजार कब्जा गरेको आरोप छ । “जसले इमानदारीको भरमा कर्म गर्यो, उसलाई नीतिगत रूपमै पाखा लगाइयो। सम्बन्धित निकायले केवल पैसा हुनेलाई रातो कार्पेट ओछ्यायो, तर जग बसाल्ने ती साना व्यवसायीलाई बलिको बोको बनायो,” पत्रमा उल्लेख छ।

पार्देका अनुसार प्रारम्भिक चरणमा सीमित परिमाणमा सामान आयात गर्दा लागत अत्यधिक हुने भएकाले मूल्य पनि महँगो पर्थ्यो। तर अहिले ठूलो परिमाणमा आयात हुन थालेपछि लागत घटेको छ। यसै आधारमा पुराना व्यवसायीलाई “महँगो बेच्ने” आरोप लगाएर बजारबाट हटाउने प्रयास भइरहेको उनको दाबी छ।

पत्रको अन्त्यतिर पार्देले भिजन, इमानदारी र बौद्धिक सम्पत्तिको महत्त्व उल्लेख गर्दै भनेका छन्, “यत्रो वर्ष मेहनत गरियो, अरबपतिकै हातमा वस्तु पुग्ने, नेपाली उद्यमी निरीह बन्ने ? ” उनले बौद्धिक लगानीमा १० प्रतिशत सेयर प्रणालीको आवश्यकता रहेको पनि बताए । “पैसा हुनुपर्छ तर नीतिको उद्योगले चलाउनुपर्छ। भिजनले नै हरेकको जीवन ग्यारेन्टी हो,” उनले थपे ।

साना व्यवसायीको पसिनामाथि ठूला कम्पनीको नाफाको महल ठड्याउने प्रवृत्तिको भत्सर्ना गर्दै पार्देले सबै संघ–संस्था र निकायसँग ‘धोकेवाजहरूलाई छाडेर नयाँ, इमानदार साथी निर्माण’ गर्न समेत आग्रह गरेका छन् । “१० जना मात्र इमानदार भए पुग्छ, पैसा चाहिँदैन,” पत्रमा उल्लेख छ ।

पोल्याण्डस्थित नेपाली व्यवसायी मित्र लाल पार्देले आगामी दिनमा यस विषयमा थप वकालत गर्ने जनाएका छन् । उनले आफू अहिले ‘वार कि पार’ को अवस्थामा रहेको पनि व्यक्त गरेका छन् ।

साना व्यवसायीहरूको संरक्षणका लागि सरकारले स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ। उनीहरूले निर्यात तथा व्यापार नीतिमा साना उद्यमीको योगदानलाई समेत मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।”साना व्यापारीको संरक्षणका लागि तत्काल ‘नीतिगत मापदण्ड’ बनियोस्, ताकि कसैको मेहनतलाई पैसाको बलमा एकै रातमा लुट्न नसकियोस् ।”   उनकाे अनुराेध छ ।

विदेशमा नेपाली उत्पादनको बजार विस्तारमा योगदान दिएका साना व्यवसायीहरूले आफूहरूलाई संरक्षण गर्ने नीति निर्माण गर्न सरकार, सम्बन्धित निकाय तथा उद्योग–व्यवसाय क्षेत्रसँग आग्रह गरेका छन्। उनको भनाइमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न योगदान दिने व्यवसायीहरू नै विस्थापित हुने अवस्था आउनु दीर्घकालीन रूपमा नेपाली उद्यमशीलताका लागि चुनौतीपूर्ण हुन सक्छ।

‘भिजन फोन’ अवधारणाको प्रस्ताव

पार्देले आफ्नो धारणा सार्वजनिक गर्दै “भिजन फोन” नामक अवधारणा पनि अघि सारेका छन्। उनका अनुसार समाजको समग्र विकास केवल पूँजीबाट नभई विचार, बौद्धिक सम्पत्ति र दीर्घकालीन दृष्टिकोणबाट सम्भव हुन्छ।

उनले कम्पनीको लक्ष्य सीमित व्यक्तिलाई रोजगारी दिनु मात्र नभई समाजमा समान अवसर, इमानदारिता र बौद्धिक लगानीको वातावरण निर्माण गर्नु हुनुपर्ने बताए। “पैसा महत्त्वपूर्ण हो, तर केवल पैसाले मात्र समाज परिवर्तन हुँदैन। भिजन, बौद्धिक सम्पत्ति र इमानदार प्रयास पनि उत्तिकै महत्त्वपूर्ण सम्पत्ति हुन्,” उनले उल्लेख गरेका छन्।

पार्देले प्रणालीप्रति केही प्रश्नसँगै केहि सुझाव पनि दिएका छन् । उनी भन्छन् :
१) के नेपालको निर्यात नीति केवल ठूला पूँजीपतिहरूका लागि मात्र हो ?
२) शून्यबाट बजार बनाउने साना व्यवसायीको सुरक्षा किन छैन ?
३)पैसा प्रदर्शन गर्नेहरूलाई मात्र प्राथमिकता दिइने कि १० वर्षसम्म रगत–पसिना बगाउने इमानदार व्यवसायीको योगदानको पनि मूल्याङ्कन हुने ?

 

 

वि.सं.२०८३ जेठ १८ सोमवार १३:४४ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...