back
CTIZAN AD

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

वि.सं.२०८३ साउन ७ बिहीवार

1.1K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे अभियान’ का परिकल्पनाकार डिबी क्षेत्रीले एनआरएनएमा देखिएको विवाद र संकटलाई केवल संस्थागत समस्याका रूपमा नभई नेतृत्व र अभियन्ताहरूको व्यवहारसँग पनि जोडेर हेर्नुपर्ने बताएका छन्।

लामो समयदेखि ओमानमा रेस्टुरेन्ट व्यवसायमा संलग्न तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका क्षेत्रीले एनआरएनएभित्रको मुख्य समस्या सहमति हुने तर त्यसको कार्यान्वयन नहुने प्रवृत्ति रहेको उल्लेख गरेका छन्।

पछिल्ला दिनहरूमा एनआरएनएका वर्तमान अध्यक्ष हेमराज शर्माले एकताको भावना र सहमतिको मर्मविपरीत काम गरिरहेको आरोप सार्वजनिक रूपमा उठ्न थालेका छन्। यसैबीच, साविक एकता महाधिवेशन आयोजक समितिका पूर्वसंयोजक, एनसीसी एकता समितिका पूर्वप्रवक्ता तथा स्टेयरिङ कमिटी सदस्य गंगाधर गौतमले पनि अध्यक्ष शर्माको कार्यशैलीप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेका थिए।

यही पृष्ठभूमिमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै क्षेत्रीले संस्थालाई सही दिशामा अघि बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका हुन्।

उनले आफू  कुनै एक राजनीतिक दलकाे नेतृत्व तहमा आबद्ध भए पनि एनआरएनएको अभियानमा सदैव समर्पित भएर काम गरेको दाबी गर्दै संस्थाको दैनिक गतिविधिमा प्रत्यक्ष हस्तक्षेप गर्नु आफ्नो भूमिका नभएको स्पष्ट पारेका छन्। तर, एनआरएनएमा भएको सहमति कार्यान्वयन नभएको विषयमा आफूलाई लक्षित गर्दै उठेका प्रश्न, गुनासा र आलोचनालाई भने सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।

“सहमति भनेको दुई इमानदार पक्षबीच विश्वासका आधारमा हुने विषय हो। आफ्नो वचन आफैंले तोड्ने कार्य कुनै स्वाभिमानी र इमानदार व्यक्तिले गर्दैन भन्ने विश्वासका साथ नै सहमति गरिन्छ,” क्षेत्रीले उल्लेख गरेका छन्।

उनले कार्यसमितिले सबै पक्षलाई समेट्ने प्रयासका क्रममा अपेक्षाअनुसार निर्णय गर्न नसकेको हुन सक्ने वा केही व्यक्तिले आफूअनुकूल टोली निर्माण गर्ने प्रयास गरेको देखिएको भन्दै यस्ता विषय समाधानका लागि अझै संवाद आवश्यक रहेको बताएका छन्।

क्षेत्रीले एनआरएनएले आफ्नो विधान, उद्देश्य र जिम्मेवारीअनुसार नेपाल, नेपाली, लोकतन्त्र, मानवअधिकार तथा प्रवासी नेपालीहरूको साझा हितका पक्षमा अपेक्षाअनुसार प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छ वा छैन भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

उनले भनेका छन्, “समस्या संस्थामा मात्र हो कि हामी आफैं पनि संस्थाको मूल उद्देश्यबाट धेरै टाढा पुगेका छौं भन्ने विषयमा गहिरिएर सोच्ने बेला आएको छ।”

क्षेत्रीले अहिलेको परिस्थितिमा आरोप–प्रत्यारोप र विभाजनको राजनीति भन्दा सहकार्य, संवाद र आपसी विश्वासलाई प्राथमिकता दिँदै एनआरएनएलाई सही दिशामा अघि बढाउनु नै सबैको साझा दायित्व भएको बताएका छन्। साथै, विश्वभर रहेका गैरआवासीय नेपाली, एनआरएनए आईसीसी तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, अभियन्ता र सदस्यलाई संस्थाको एकता, विश्वास र मूल उद्देश्यलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन्।

वि.सं.२०८३ साउन ७ बिहीवार ११:२२ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...