back
CTIZAN AD

स्कुटर दुर्घटनामा एकै परिवारका तीनको मृत्यु

वि.सं.२०७५ असोज ३० मंगलवार

627 

shares

३० असोज, बनेपा । बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुङ्गामा सोमबार बिहान भएको सवारी दुर्घटनामा एकै परिवारका तीनको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने श्रीमान श्रीमती र उनीहरुका छोरा हुन् ।

काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा७५प १९४९ नंको स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर ३२ जे ३४७५ नं को स्कार्पियो एकापसमा ठोक्किँदा घाइते भएका स्कुटर चालक दोलखा जिल्ला सैलुङ गाउँपलिका–७ बस्ने ३५ वर्षीय सोनाम लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँकी श्रीमती ३० वर्षीया बिमला लामाको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सो स्कुटरमा सवार रहेका लामाको १२ वर्षीय छोरा मनिषको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार स्कार्पियो इलाका प्रहरी कार्यालय मङ्गलटारको नियन्त्रणमा रहेको छ । घटना घटेपछि आक्रोशित भीडले हातपात गरेका कारण चालक जनकपुर उपमहानगरपालिका–४ का विक्रु ठाकुर सामान्य घाइते भएकाले उपचारपश्चात् थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

वि.सं.२०७५ असोज ३० मंगलवार ०९:०२ मा प्रकाशित

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

मोरङ । नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित...

पूर्वउपसभामुख रानाद्वारा अर्जुनधारा-८ मा मतदान

पूर्वउपसभामुख रानाद्वारा अर्जुनधारा-८ मा मतदान

झापा । पूर्वउपसभामुख इन्दिरा रानामगरले अर्जुनधारा नगरपालिका वडा नं ८...

प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी...

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

चितवन । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर...

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मतदान

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मतदान

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय...