back
CTIZAN AD

बाग्लुङमा दशैँका लागि रु एक अर्ब विप्रेषण भित्रियो

वि.सं.२०७५ असोज ३० मंगलवार

672 

shares

 

बाग्लुङ । नवरात्री शुरु भएसँगै बागलुङका रेमिट्यान्स (विप्रेषण) केन्द्रमा मानिसको भीडभाड लाग्न थालेको छ । वैदेशिक रोजगारीमा गएकाले दशैँखर्च पठाउने र आफू घर फर्किंदा रेमिट्यान्समार्फत पैसा पठाएर आउने भएकाले केन्द्रमा भीड लागेको हो ।

रेमिट्यान्स केन्द्रमा लागेको भीडसँगै दशैँतिहारका लागि बागलुङमा झण्डै रु एक अर्ब रेमिट्यान्स भित्रिएको छ । बागलुङ मनिट्रान्सफरका सञ्चालक दुर्गा कुँवरले अहिलेसम्म आफूले मात्र रु छ करोड भन्दा बढी रेमिट्यान्स वितरण गरिसकेको बताए ।

कुँवरले आफ्नो मनिट्रान्सफरमा अघिपछि भन्दा यस बेला दैनिक रु ४० लाखदेखि रु ५० लाखसम्म हाराहारीमा कारोबार हुनेगरेको बताए ।

बागलुङ सदरमुकामका सयपत्री, कालिका, क्वीक, बागलुङ कालिका मनिट्रान्सफर, गलकोट, बूर्तिवाङ, कुश्मीसेरा, खर्वाङलगायतका ठाउँमा दर्जनांै मनिट्रान्सफरबाट दशँैका बेला दैनिक रु छ करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ ।

कालिका मनिट्रान्सफर बागलुङका सञ्चालक अनुप रिजालले दशैँको मौकामा रेमिट्यान्स रकम बढ्ने गरेको बताउनुभयो । सयपत्री मनिट्रान्सफरका देबु पौडेलले अन्य समयमा रु ८–१० लाख रेमिट्यान्स कारोवार हुने गरेकोमा यो समयमा दिनहुँ रु २५ देखि रु ३० लाखको हाराहारीमा कारोबार हुने गरेको बताए ।

लाहुरेको जिल्लाका रुपमा परिचित बागलुङमा दशैँका बेला अन्य समयमा भन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको व्यवसायीको अनुभव छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अत्याधिक भएकाले दशैँका बेला करोडौँं रुपैयाँ रेमिट््यान्स भित्रने गरेको रमिट््यान्स व्यवसायी बताउछन् । रेमिट््यान्स (विप्रेषण) भुक्तानी केन्द्रका अलावा बैंक तथा अन्य वित्तीय संस्थामार्फत समेत भित्रिइरहेको छ ।

 

वि.सं.२०७५ असोज ३० मंगलवार १७:५९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...