back

बाग्लुङमा दशैँका लागि रु एक अर्ब विप्रेषण भित्रियो

वि.सं.२०७५ असोज ३० मंगलवार

531 

shares

 

बाग्लुङ । नवरात्री शुरु भएसँगै बागलुङका रेमिट्यान्स (विप्रेषण) केन्द्रमा मानिसको भीडभाड लाग्न थालेको छ । वैदेशिक रोजगारीमा गएकाले दशैँखर्च पठाउने र आफू घर फर्किंदा रेमिट्यान्समार्फत पैसा पठाएर आउने भएकाले केन्द्रमा भीड लागेको हो ।

रेमिट्यान्स केन्द्रमा लागेको भीडसँगै दशैँतिहारका लागि बागलुङमा झण्डै रु एक अर्ब रेमिट्यान्स भित्रिएको छ । बागलुङ मनिट्रान्सफरका सञ्चालक दुर्गा कुँवरले अहिलेसम्म आफूले मात्र रु छ करोड भन्दा बढी रेमिट्यान्स वितरण गरिसकेको बताए ।

कुँवरले आफ्नो मनिट्रान्सफरमा अघिपछि भन्दा यस बेला दैनिक रु ४० लाखदेखि रु ५० लाखसम्म हाराहारीमा कारोबार हुनेगरेको बताए ।

बागलुङ सदरमुकामका सयपत्री, कालिका, क्वीक, बागलुङ कालिका मनिट्रान्सफर, गलकोट, बूर्तिवाङ, कुश्मीसेरा, खर्वाङलगायतका ठाउँमा दर्जनांै मनिट्रान्सफरबाट दशँैका बेला दैनिक रु छ करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ ।

कालिका मनिट्रान्सफर बागलुङका सञ्चालक अनुप रिजालले दशैँको मौकामा रेमिट्यान्स रकम बढ्ने गरेको बताउनुभयो । सयपत्री मनिट्रान्सफरका देबु पौडेलले अन्य समयमा रु ८–१० लाख रेमिट्यान्स कारोवार हुने गरेकोमा यो समयमा दिनहुँ रु २५ देखि रु ३० लाखको हाराहारीमा कारोबार हुने गरेको बताए ।

लाहुरेको जिल्लाका रुपमा परिचित बागलुङमा दशैँका बेला अन्य समयमा भन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको व्यवसायीको अनुभव छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अत्याधिक भएकाले दशैँका बेला करोडौँं रुपैयाँ रेमिट््यान्स भित्रने गरेको रमिट््यान्स व्यवसायी बताउछन् । रेमिट््यान्स (विप्रेषण) भुक्तानी केन्द्रका अलावा बैंक तथा अन्य वित्तीय संस्थामार्फत समेत भित्रिइरहेको छ ।

 

वि.सं.२०७५ असोज ३० मंगलवार १७:५९ मा प्रकाशित

Himalayan Life AD
फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...