back
CTIZAN AD

वडा अध्यक्षद्धारा चार महिनाको तलब विद्यालयलाई दिने घोषणा

वि.सं.२०७५ असोज ३० मंगलवार

657 

shares

३० असोज, बलेवा । बागलुङ काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खड्क थापाले आफ्नो चार महिनाको पारिश्रमिक विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

थापाले वडाध्यक्षको रुपमा काम गर्न बाँकी रहेको चार वर्षमध्ये प्रत्येक वर्ष एक विद्यालयका दरले वडाभित्रका चारै विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

हरेक बर्ष एक महिनाको तलब भत्तालगायतका सुविधा विद्यालयमा हस्तान्तरण गरेर अक्षयकोष स्थापना गर्न लागेको उनले बताए । अक्षय कोषको ब्याजबाट आउने रकमलाई आवश्यकताका आधारमा विभिन्न शीर्षकमा खर्च गर्नेगरी विद्यालयको संरक्षणमा राखिने छ ।

गरीबीका कारण विद्यालय बाहिर रहेका बालबालिकाको शिक्षादिक्षा, छात्रावृत्ति, पुरस्कार वितरण लगायतका विद्यार्थीको वृत्ति विकासलगायत शीर्षकमा खर्च हुने गरी अक्षयकोष स्थापना गर्न लागिएको हो ।

‘एक महिनाको सबै सुविधा विद्यालयलाई उपलब्ध गराउँदा विपन्न विद्यार्थीलाई सहयोग पुग्छ, भन्ने लागेको छ’ वडाध्यक्ष थापाले भने, “मैले शुरुवात मात्रै गरेको हो, सामुदायिक विद्यालयको सुधारका लागि अन्य मनकारीले पनि सहयोग गर्नुहुन्छ, भन्ने लागेको छ ।”

जनप्रतिनिधि भएकाले समाजको उत्तर दायित्व आफूमा रहेको भन्दै उनले विद्यार्थीको उज्वल भविष्यका लागि अक्षयकोष स्थापना गर्ने सोच बनाएको बताए ।

वि.सं.२०७५ असोज ३० मंगलवार १७:५७ मा प्रकाशित

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...