back
CTIZAN AD

कोरियाबाट फर्केर पशुपालनमा भट्टराई

वि.सं.२०७५ असोज ३० मंगलवार

903 

shares

बुटवल । कोरियाको गाई, बाख्रा, कुकुरको फार्ममा लामो अनुभव हासिल गरेका रुपन्देही सैनामैना– ४ का गिरीराज भट्टराईले पशुपालन गरेर मनग्य आम्दानी गर्न  सफल भएका छन् । ।

हिमालयन पशुपालन फार्म सञ्चालन गरेर मासिक रु ६० हजार आम्दानी गर्ने गरेको उनले बताए । भट्टराईले भने, “कोरियामा मैले गाईबाख्रा, कुकुर र कुखुराको खोर बनाउने कम्पनीमा काम गरेको थिए, त्यसैका आधारमा मैले यहाँ दूध उत्पादन गर्न पशुपालन फार्म सञ्चालन गरेको छु ।”

कोरियाबाट फर्केर फर्निचर व्यवसायमा हात हालेका उनले सो व्यवसायमा सफलता नपाएपछि पशुपालन व्यवसाय शुरु गरेका हुन् । भट्टराईको पशुपालन फार्मबाट दैनिक ७५ लिटर दूध उत्पादन हुने गरेको छ । त्यसबाट मासिक रु एक लाख ५७ हजार आम्दानी हुने उनले बताए । फार्ममा ११ भैँसी र तीन उन्नत जातका गाईबाट उत्पादन हुने गरेको दूध स्थानीय बजारमा नै खपत हुने गरेको बताइएको छ । गुजराति मुर्रा, अर्ना, जर्सी र होलस्टेन जातका गाई र भैँसी उक्त फार्ममा देख्न पाइन्छ ।

“भैँसीभन्दा गाईबाट धेरै आम्दानी हुने गरेको छ, त्यति मात्रै होइन दूध उत्पादन क्षमता पनि गाईभन्दा भैँसीको कम हुन्छ” उनले भने, ‘पशुपालन गर्दा कोरियामा सरकारले सबै कुराको व्यवस्थापन गर्छ तर यहाँ अनुदान वा अन्य सुविधाका लागि पनि पहुँचवाला नै चाहिन्छ ।’

पशुपालन गर्दा कोरियामा कुन पशु पालल्ने हो, पहिले त्यसको छनोट गरिन्छ । गाई पाल्नेले कुकुर पाल्न नपाइने र कुकुर पाल्नेले कुखुरा पाल्न नपाइने नियम कोरियामा रहेको उल्लेख गर्दै उहाँले पशुपालन व्यवसायमा सफलता हासिल गर्न गाईको दूध उत्पादन पहिलो प्राथमिकता रहेको बताए ।

छ वर्षदेखि पशुपालन गर्नुभएको भट्टराइले कोरियाको पशुपालन गर्ने प्रविधि र पद्दति तथा नेपालमा पशुपालन गर्ने प्रक्रिया निकै भिन्न रहेको बताउनुहुन्छ । कोरियाका सरकारले खोर बनाउन मात्रै ७५ प्रतिशत अनुदान दिइने गरिन्छ तर नेपालमा बनाइसकेपछि मात्रै अनुदान दिने चलन छ ।

एउटा गाईबाट मात्रै दूध उत्पादन शुरु गर्नुभएको उहाँको फार्ममा अहिले रु १५ लाखको लगानी छ र त्यसलाई अझ विस्तार गर्ने लक्ष्य छ । सैनामैनालाई दूूध उत्पादनमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपालनतर्फ लगानी बढाउने र कृषि तथा पशु बीमालाई प्रोत्साहित गरी सहकारीमार्फत व्यावसायिक कृषि उत्पादन गर्ने समूहलाई विशेष अनुदानको व्यवस्था गरिने सैनामैना नगरपालिकाको आर्थिक वर्ष ०७४÷७५ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

रुपन्देहीमा करीब ४०० गाई फार्म र २०५ भँैसी फार्म दर्ता छन् । जसमा कूल रु ३० करोड भन्दा बढी लगानी रहेको जनाइएको छ ।

 

वि.सं.२०७५ असोज ३० मंगलवार १७:३७ मा प्रकाशित

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...