back

केराखेतीप्रति किसानको बढ्दो आकर्षण, बार्षिक १० देखि १५ लाख कमाउछन् साउद

वि.सं.२०७५ असोज ३० मंगलवार

345 

shares
GLOBAL IME AD
NTC AD

३० असोज, भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै सफल केरा उत्पादक किसानमा पर्दछ ।

नगदे बालीका रुपमा २०५२ सालबाट साउँदले केरा खेतीलाई निरन्तरता दिँदै आएका छन् । “सजिलो र आम्दानीको राम्रो स्रोत बनेपछि केरा खेतीलाई नै व्यावसायिक बनाउदै लगेँ”, किसान साउँदले भने, “केरा खेतीबाट नाम र दाम दुबै पाउन सफल भएको छु ।”

एक कठ्ठाबाट केरा खेती थालेको उनले हाल १५ बिगाहा जमीनमा व्यावसायिक केरा खेती गरिरहेका छन् । “अहिले जमीन लिजमा लिएर पनि केरा खेती बढाउँदै लगेको छु”, साउँदले भनेृ, “केरा खेती गर्ने विभिन्न प्रविधि र तरिकालाई पनि आत्मसात् गर्दा राम्रो परिणाम आएको छ ।”

उनले करीब पाँच बिगहा जमीनमा थोपा सिँचाइ प्रणाली (इजरायली प्रविधि) र दश बिगहामा गरी १५ बिगहा जमीनमा केरा खेती गरिरहेका छन् । केरा खेतीबाट आफूले वैदेशिक रोजगारीको भन्दा राम्रो आम्दानी गरेको बताउँदै उनले खेती किसानमा ध्यान दिए घर छाड्नु नपर्ने धारणा राख्नुहुन्छ । केरा खेतीको खर्च कटाएर वार्षिक रु १० लाखदेखि १५ लाखसम्म आम्दानी भइरहेको साउँदको भनाइ छ ।

“केरा खेती गर्ने जिल्लाभरका किसान सङ्गठित भएर सहकारीसमेत सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “सहकारीमा जिल्लाभरका ५५० जना केरा खेतीमा आबद्ध किसान छन् ।” कञ्चनपुरमा हाल ४०० हेक्टरमा केरा खेती हुँदै आएको छ ।

इजरायलको थोपा सिँचाइ प्रणालीबाट यहाँको भीमदत्तनगरपालिका, कृष्णपुर र पुनर्वास नगरपालिकामा किसानले केरा खेती शुरु गरेका छन् । त्यसैगरी भीमदत्तनगरपालिका–१० तिल्केनीकै किसान पार्वती साउँद पनि सफल केरा खेती गर्ने किसानमा आउँछिन् । २०५४ सालबाट केरा खेती थालेकी उनी धान, गहुँ खेती छाडेर केरा खेतीमा लागेको बताउँछन् ।

“धान, गहुँभन्दा त केरा खेतीमा बढी मुनाफा रहेछ”, उनले भने, “केरा बिक्रीबाटै घर खर्चका साथै छोरा÷छोरीका लागि अध्ययन खर्च जुटाउँदै छु ।” उनले केरा खेतीबाट भएको आम्दानीले छोरीलाई वैदेशिक अध्ययनका लागि डेनमार्क पठाएको पनि उनले स्मरण गरे ।

केरा खेतीमा उनलाई श्रीमान्ले समेत सघाएका छन् । “दुवै जना खेतीमै लागेर खर्च चलाएका छौँ”, उनले भने, “मेहनतअनुसारको फल पाएकै छौँ ।” कृषिलगायतका सम्बन्धीत सरकारी निकायबाट विभिन्न उपकरणसँगै अनुदानसमेत मिलेकाले खेतीमा थप सहजता थपिएको पार्वती साउँदको भनाई छ ।

जिल्लामा केराको उत्पादन बढिरहेको छ तर बजारको समस्या यथावत रहेको गुनासो किसानको छ ।

थोपा सिँचाइ प्रविधिले सहजता ल्यायो 

व्यावसायिक केरा खेती होस् वा तरकारी खेती, थोपा सिँचाइ प्रणालीले कृषकलाई व्यवसायमा सहज बनाएको छ ।

थोपा सिँचाइ प्रविधि अर्थात् इजरायली प्रविधिले व्यवसायमा सहजता ल्याएको केरा कृषक पार्वती साउँद बताउँछिन् । “यो प्रविधिले समय र लगानी दुबैको बचत गरेको छ”, उनले भनिन् “केरा खेतीमा आबद्ध किसान उक्त प्रविधिबाट थप हौसिएका छन् ।”

कञ्चनपुरमा थोपा सिँचाइ प्रणाली शुरु भएको एक वर्ष मात्रै भएको छ । नेपालमा २०५५ सालदेखि थोपा सिँचाइ प्रविधि शुरु भएको थियो । उक्त प्रणालीमा प्लाष्टिक पाइपबाट बिरुवाको जरामा थोपाथोपा गरेर पानीको आवश्यकता पूरा गरिन्छ । यो प्रविधिले सतह सिँचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ । यसले थोरै पानीबाट धेरै सिँचाइ गर्न सकिन्छ ।

वि.सं.२०७५ असोज ३० मंगलवार १७:१८ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...