back
CTIZAN AD

राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक

वि.सं.२०७५ असोज ३० मंगलवार

693 

shares

३० असोज, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो । प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि आग्रह गरिएको छ ।

लोकमार्गका होटलबाहेक अन्य होटल राति १० बजेपछि बन्द हुनुका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि १० बजेपछि बन्द गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । जुवातास र कौडा खेल्ने, खेलाउनेलाई कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “विशेष चाडपर्व सुरक्षा योजनाअनुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको छ ।”
सर्पदंशका कारण मृत्यु भएका बालकको परिवारलाई राहत

सर्पदंशको उपचार नपाएर मृत्यु भएका बालक सलिन विकका परिवारलाई राहत उपलब्ध गराइएको छ ।

भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका तीन वर्षीय विकका परिवारलाई प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको रोहोवरमा नेपाल चिकित्सक सङ्घ चितवनले आर्थिक सङ्कलन गरेर जम्मा गरेको रु चार लाख राहत सहयोग स्वरुप उपलब्ध गराएको हो ।

सङ्घका जिल्ला अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विकको परिवारको आर्थिक अवस्था कमजोर देखेर चिकित्सक र कर्मचारीले आर्थिक सङ्कलन गरेर सो रकम राहत स्वरुप उपलब्ध गराइएको हो । गत भदौ २१ गते सर्पले डसेर विकलाई भरतपुर अस्पतालमा पु¥याइएको थियो ।

अस्पतालले बाल सघन उपचार कक्ष खाली नभएको भन्दै अन्य अस्पतालमा पठाएको थियो । पाँचवटा अस्पताल चाहारेर उपचार नपाएपछि पुनः भरतपुर अस्पताल पु¥याएपछि बालकको मृत्यु भएको थियो ।

सो घटनाको छानबिन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाको संयोजकत्वमा छानबिन तथा सुझाव समिति गठन गरेको थियो । सो समितिले पीडित परिवारलाई राहत दिन र दोषीलाई कारवाही गर्न सिफारिस गरेको थियो । अस्पतालले सो प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाएको जनाएको छ । रासस

वि.सं.२०७५ असोज ३० मंगलवार १३:३१ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...