back
CTIZAN AD

फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

वि.सं.२०७५ असोज ३० मंगलवार

729 

shares

३० असोज, गोरखा । गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन् ।

डोलीलाई बा २० च ४३९४ नं को निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो । गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि मङ्गलबार साँझ हर्षबढाईका साथ फूलपाती भित्र्याउने प्रचलन छ ।

गोरखा दरबारको दशैँ घरमा पनि साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैँ घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहदै आएको छ ।

गोरखा दरबारको दशैँ घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याएका थिए । गोरखा दरबार हेरचाह अड्डाले गोरखा नगरपालिकाको सहयोग र गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लबको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो ।

दरबारस्थित दशैँ घरबाट बाजागाजासहित सतिपिपल चौतारासम्म ¥याली निकालिएको थियो । यस्तै गोरखा धिमे पुच (नेवार समूह) का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट युवाले मोटसाइकल ¥यालीसहित फूलपातीको डोली बोकेको गाडीलाई स्कटिङ गरी हनुमान ढोकामा फुलपाती पठाइएको हो ।

डोली काठमाडौँ पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले हनुमान ढोकामा फूलपाती पठाउने प्रचलनमाथि प्रकाश पारेका थिए ।

उनीहरुले नेपाली संस्कृतिको संरक्षण र सवद्र्धनका लागि गोरखाको परम्परा उत्कृष्ट रहेको भन्दै संस्कृतिको जगेर्नाका गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

वि.सं.२०७५ असोज ३० मंगलवार १३:१६ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...