back

दशैँ र तिहारको विदामा ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ मनाउन जाउँ

वि.सं.२०७५ असोज ३१ बुधवार

735 

shares

दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउन चाहनुहुन्छ भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष – २०७५’ को रुपमा मनाउन शुरु गरिएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा रहेको म्याग्दीमा लामो तथा छोटो यात्रामा पुगिने पर्यटकीय स्थलहरुमा सहज रुपमा पुग्न आवश्यक प्रबन्ध मिलाइएको भ्रमण वर्ष मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताए ।

“प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीले अथाह सम्भावना बोकेको छ, यहाँ आउने पर्यटकलाई यातायात र खानामा विशेष छुटको व्यवस्था समेत गरिएको छ” – सङ्घका अध्यक्ष कर्माचार्यले भने । पछिल्लो समय चाडपर्व नयाँ ठाउँ घुमेर मनाउने संस्कारको विकास हुन थालेको भन्दै सङ्घले भ्रमणका लागि सबैलाई आमन्त्रण गरेको छ । म्याग्दीका पर्यटकीय स्थलहरुमा पुग्न बेनीस्थित कालीपुलमा रहेको पर्यटक सूचना केन्द्रमा आवश्यक सूचना र परामर्शको समेत व्यवस्था गरिएको छ ।

बेनी नगरपालिकासँगको सहकार्यमा पर्यटकको तथ्याङ्क राख्ने र धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले डिजिटल सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो । गत वैशाख ३१ गते औपचारिक रुपमा म्याग्दी भ्रमण वर्षको सुरुआत गरिएको थियो । जिल्लामा रहेको पर्यटकीय सम्भावनालाई उजागर गर्दै पर्यटन आगमन बढाउन भ्रमण वर्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सङ्घले स्थानीय तह र सम्बद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि आह्वानसमेत गरेको छ । प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि गर्न भ्रमण वर्षले सहयोग पुग्ने सङ्घका महासचिव लीलाराम गौतम बताउछन् । पर्यटकीय स्थलको पहिचान गरी प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको छ ।

पर्यटकलाई प्रदत्त सुविधाहरु

भम्रण वर्षको अवसरमा म्याग्दीमा आउने पर्यटकलाई विशेष सुविधाको व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकलाई आरामदायी बसोबाससँगै खानामा समेत विशेष सहुलियत दिइएको छ । पर्यटक सूचना केन्द्रमा दर्ता गरेर होटल आइपुग्ने पर्यटकलाई खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले बताए ।

उनले अहिलेसम्म जिल्ला भित्रिने पर्यटकलाई खान र बस्न समस्या नहो्ि भनेर कालीपुलमा रहेको प्रहरीको यात्रु सहायता कक्षमा समेत सम्पर्क नम्बरहरु उपलब्ध गराइएको जानकारी दिए । “बेनीमा आउने पर्यटकलाई खान र बस्न समस्या छैन, हामीले एक अर्का होटलबीच समन्वय गरेर भए पनि यहाँ भित्रिने पर्यटकलाई खाने र बस्ने राम्रो प्रबन्ध मिलाएका छौँ” – अध्यक्ष आचार्यले भने ।

घुम्ने गन्तव्य

दर्जनौँ हिमाल, मनोरम भू–बनोट, कला, संस्कृति र ऐतिहासिक स्थलहरु रहेको म्याग्दी अथाह सम्भावना बोकेको जिल्ला हो । संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) अवस्थित म्याग्दीमा अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनौं हिमशृङ्खला रहेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसँगै अग्ला झरना, तालतलैया, धार्मिक र ऐतिहासिक सम्पदाहरुसमेत छन् । यहाँ भ्रमण गर्न आउने पर्यटकले लामो यात्रामा राउण्ड धौलागिरि, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला पदमार्ग, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरिलगायतका पदमार्गको भम्रण गर्न सक्छन् ।
यी पदमार्गको भम्रणमा एक सातादेखि दुई साताभन्दा बढी समय खर्चिनुपर्छ । छोटो दूरीमा दुईदेखि पाँच दिनसम्मको यात्रामा आउने पर्यटकहरु घोडेपानी पुनहिल, फुलवारी, करबाकेली, खोप्रा, मोहोरडाँडा, टोड्के, जगन्नाथ, रुइसे, भेडीओढार, रिखार, स्वर्गाश्रम, बेलढुंगा, बेगको नेपालकै लामो झोलुङ्गे पुल, रुप्से झरना, अन्ध गल्छी, रुमको दुरलेक, भालेबास्ने ताल, मालिका धुरी, लुकेको बस्ती गुर्जा, हिमालको काखमा रहेको मुदी, तातोपानी कुण्डहरुमा पुग्न सक्छन् । त्यसैगरी, नौलीबराह, खयरभारनी, नागी बराही, पेरी भारनी, निस्कोट बराहीलगायतका तालतलैयाहरु पनि यहाँ छन् ।

वि.सं.२०७५ असोज ३१ बुधवार ०९:०५ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...