back
CTIZAN AD

अल्ट्राधावक मिरा राईलाई अमेरिकामा सम्मान र सहयोग

वि.सं.२०७५ असोज ३१ बुधवार

795 

shares

अल्ट्राधावक मिरा राईलाई अमेरिकाको बिभिन्न राज्यहरुमा सम्मान गरिएको छ ।  मिरा राईलाई न्युयोर्कमा एसिया सोसाइटीद्वारा “एसिया गेम चेन्जर“अवार्डद्वारा सम्मान गरिएको थियो । एसियाका अन्य देशका बिभिन्न ख्याती प्राप्त व्यक्तित्वहरुसंगै मिरा राईलाई पनी सम्मान गरिएको थियो ।


जसमा पेप्सीकोलाको सीइओ भारतीय नागरिक इन्द्रा नोयी, चाइनाको यु एन इन्भाइरोमेन्ट एम्बसाडोर वाङ्ग शि, सिरियाको लडाईमा ह्वाइट हेल्मेट ग्रुप भनेर उद्दार गर्ने टिमका प्रमुख रैद सालेह, थाईल्याण्ड गुफामा १८ दिनसम्म अड्किएकाहरुको उद्दार गर्ने थाई नेभी शिल्ड, जापानको फुकुशिमा आणविक भट्टीका उद्दारकर्ता लगायतका ९ जनालाई सम्मान गरिएको थियो ।


जसमा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनको समेत उपस्थिति थियो ।
गतसाल यो अवार्डद्वारा नेपालको आँखा विसेसग्य डा.सन्दुक रुइतलाई सम्मान गरिएको थियो । यसरी नै नेपाली समाजले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा “चिया विथ मिरा राई“ को आयोजना गरि मिरा राईलाई सम्मान तथा उनको फाउनडेशनलाई सहयोग संकलन गरिएको थियो । यसरी नै बोस्टनमा युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टर र जात्रा नेपालको संयुक्त आयोजनामा “डिनर एण्ड ड्रिंक विथ मिरा राई“ को आयोजना गरी सम्मान तथा फाउनडेशनलाई सहयोग गरिएको थियो ।


उक्त कार्यक्रममा जात्रा नेपालको उज्वलले टोकन र जात्रा नेपालकै निर्मलले सोभेनियर प्रदान गरिएको थियो । युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्युइंग्ल्याण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले मन्तब्य दिदै मिरा राईको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।


कार्यक्रममा मिरा राईसंग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रमको संचालन रुपा लक्ष्मी शाहले गरेका थिए ।

वि.सं.२०७५ असोज ३१ बुधवार ११:०३ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...