back

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

वि.सं.२०८१ वैशाख १७ सोमवार

252 

shares
RBB AD
NTC AD

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती निला आँखा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ ।

फेयरफ्याक्समा रहेको तन्दुरी रेष्टुरामा अप्रिल २७ मा आयोजित कार्यक्रम परिचर्चाका लागि प्रस्तुत कृतिमाथि कवि तथा साहित्यकारहरु प्रेम सङ्ग्रौला, बसन्त श्रेष्ठ र कृष्ण धराबासीले समीक्षा गरेका थिए ।

कार्यक्रममा प्रेम सङ्ग्रौला, बसन्त श्रेष्ठ, कृष्ण धराबासी लगायतले समिक्षा गरेका थिए ।

प्रेम सङ्ग्रौला
कार्यक्रममा नेपालमा ‘नेपालीका रुपमा जीवित रहँदा’ को संस्मरण गर्दै समीक्षक प्रेम सङ्ग्रौलाले नेपालमा रहेका बेला आफूले पनि केही निबन्ध लेखेको जानकारी दिए । पाताल आएपछि आफूले कवितामात्र लेखेको बताउँदै उनले निबन्ध प्राय सबैले सोच्न सक्ने कल्पनशील विधा भए पनि थोरैले मात्र लेख्ने विधा भएको उल्लेख गरे । कल्पनामा बुर्कुसी मार्न पाइने स्वतन्त्रता भएको विधा अर्थात् निर्बन्ध भएर लेख्न सकिने विधा भएकाले आफ्नो कल्पनशीलता र सिर्जनात्मक प्रस्तुतिलाई निचोरनाचोर पारेर पाठकलाई दिन सकिने विधा भए पनि धेरैलाई निबन्धलेखनको सीपगत अलमल हुने हुँदा कलम चलाउन अल्मलिने अनुभव उनले प्रस्तुत गरे । ती निला आँखा निबन्धकृतिका केही निबन्धमा निबन्धकार विषयको सीमाभन्दा अलिक बढी बेगिएको हो कि भन्ने अनुभव आफूले गरेको बताउँदै सङ्ग्रौलाले प्रायः अधिकांश निबन्धले पाठकको रुचिमाथि न्याय गरेको भन्ने आफूलाई लागेको बताए । मूल निबन्ध ‘ती निला आँखा’ भने प्रस्तुतिका हिसाबले निबन्धको भन्दा पनि उपन्यासको विषयवस्तु भएको भए यो बढी अर्थपूर्ण हुने आफूलाई लागेको बताए ।

बसन्त श्रेष्ठ

अर्का समीक्षक बसन्त श्रेष्ठले यो निबन्धकृति निबन्धकार गौतमको दोस्रो कृति भए पनि यसो भनेर स्वीकार गर्नु आधामात्र सत्य भएको उल्लेख गर्दै उनकी अर्धाङ्गिनी मञ्जु थापा गौतमको सफलताका लागि थप आधा सत्य भएको बताए । उनले व्यक्तित्व, जीवन र प्रकृतिमाथिका विषयवस्तुलाई समेटेर तयार भएका २१ निबन्धकृतिमा निबन्धका फरक शैली रहेको बताए । नेपाली साहित्यका कतिपय लेखकले आफूले लेखेका कृतिको विधा नै थाहा नभई सो विधाको कृति भनेर पाठकलाई लेखनी र प्रस्तुत विषयवस्तु दुवै दृष्टिबाट भ्रम पारेको सन्दर्भमा यो कृति एक परिपक्व र प्रस्ट कृतिका रुपमा पाठकमाझ आएको समीक्षक श्रेष्ठले बताए । समकालीन प्रकाशित निबन्धकृतिको सूचीमा यो एक उत्कृष्ट निबन्धका रुपमा पठनीय अनि सङ्ग्रहणीय कृतिका भएको उनले बताए ।

कृष्ण धराबासी

आख्यानकार कृष्ण धराबासीले शम्भुप्रसाद ढुङ्गेल रचित नेपाली साहित्यको पहिलो निबन्ध ‘महेन्द्रमल्ली’ को प्रसङ्गबाट प्रस्तुत निबन्धकृतिमाथि चर्चा प्रारम्भ गरे । जयदेव गौतमको यस निबन्धकृतिमा काव्यात्मकता वा पोथी गद्यशैलीको कमी छ तर यो कृतिमा लेखकीय सुन्दरता हुनुका साथै लेखनमा सशक्तता छ, विषयवस्तुमाथिको लेखकीय प्रक्षेपण दरिलो रहेको बताए ।

आजको यस परिचर्चा कार्यक्रममा प्रा. डा.गोपी उप्रेती, एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, शिव लामिछाने, नारायण अधिकारी, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, लोक गायक रामप्रसाद खनाल, डा. कविता घिमिरे, डा. प्रदिप भट्टराई, प्रतिमा भट्टराई, नेत्र भुसाल, अध्यात्मिक गुरुमा राधिका भट्टराई, भलिबलका प्रख्यात खेलाडी सुनिल चौधरी, लेखक डिग बहादुर तामांग, लेखनाथ भण्डारी, नेपाल सहयोगी समाजका पूर्व अध्यक्ष कमल भट्टराई, गुणराज लुइँटेल, राधिका भट्टराई, मञ्जु सङ्गौलाले निबन्धकारलाई बधाई र सिर्जनशील आगतका लागि शुभकामना व्यक्त गरेका थिए ।

‘ती निला आँखा’ निबन्धकृतिमाथिको परिचर्चा कार्यक्रम सांग्रीला डायलग संस्थाले आयोजना गरेको कार्यक्रम संस्थाकी अध्यय एवं साहित्यकार सीता पाण्डेको सभापतित्व थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका महासचिव प्रकाश नेपालले सञ्चालन गरेको सो कार्यक्रमका सहभागीलाई निबन्धकारकी अर्धाङ्गिनी एवं साहित्यकार मञ्जु थापा गौतमले स्वागत गरे ।

२०२४ साल भदौको हरितालिका तीजका दिन पाल्पाको बगनासकाली गाउँपालिकामा रहेको दर्लमडाँडामा जन्मिएका गौतम २०४० सालदेखि लेखनकार्यमा सरिक भएको र २०४७ सालदेखि पत्रकारितामा स्थायी रुपमा संलग्न भएका हुन् । लेखन तथा सम्पादनका क्रममा उनले अनुवाद, सम्पादन तथा यात्रालेखनजस्ता क्षेत्रमा पनि सक्रियतापूर्वक कलम चलाइरहेका छन् ।

 

 

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चालु आवको बैशाख मसान्तसम्म तेह्र खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात

चालु आवको बैशाख मसान्तसम्म तेह्र खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११...

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक ९ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक ९ गते बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक...

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न...

कारागार भवन जीर्ण हुँदा त्रासमा कैदीबन्दी

कारागार भवन जीर्ण हुँदा त्रासमा कैदीबन्दी

महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दैगएको...

गत फागुनदेखि खानेपानी आयोजनाको निर्माण ठप्प

गत फागुनदेखि खानेपानी आयोजनाको निर्माण ठप्प

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था...

इरानी राष्ट्रपति रायसीको मृत्यप्रति विश्वका नेताद्वारा शोक व्यक्त

इरानी राष्ट्रपति रायसीको मृत्यप्रति विश्वका नेताद्वारा शोक व्यक्त

नयाँदिल्ली, भारत । युरोपेली युनियन (ईयू), रूस, चीन, भारत, पाकिस्तान,...