back
CTIZAN AD

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

वि.सं.२०८१ वैशाख १७ सोमवार

1.1K 

shares

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक युगान्डासंग सहकार्य गरि आइतबार आयोजना गररिएको रक्तदान कार्यक्रममा १०९ जना रक्त दाताले रक्तदान गरेका छन् ।

युगान्डाको राजधानी कम्पालामा अवस्थित युगान्डाका लागि नेपाली मानार्थ बाणिज्य दुत डा. सुधिर रुपारेलियाको कम्पाला प्यारेन्ट्स स्कुलमा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाले रक्तदान गरेका हुन् ।

एनआरएनएकै सबैभन्दा कान्छो उमेरमा नेतृत्व गरिरहेकी गैरआवासिय नेपाली संघ युगान्डाकी अध्यक्ष रमा अर्यालबाट शुरु गरिएको रक्तदान कार्यक्रममा पूर्बअध्यक्ष बिनोद थापा, पुर्व बरिष्ठ उपाध्यक्ष धनराज गिरि, पुर्वसह–कोषाध्यक्ष कल्पना अर्याल, लगायत वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष तारा गिरि, महासचिव राजु थापा, कोषाध्यक्ष मालती राना, युवासंयोजक मुकेश मेहता, हस्तबहादुर थापा, नारायण बोहोरा, बिणा थापा, रबिन्द्र थापा, राजेश कंडेल, गोकर्ण श्रेष्ठ लगायत नेपालीहरुको कार्यक्रममा उल्लेख्य भुमिका रहेको थियो ।

गैरआवासिय नेपाली संघ युगान्डाले आयोजना गरेको यस कार्यक्रमलाई, नरेन शर्मा, बिणा थापा, मालती राना, मुकेश मेहता, एक्युरेट सेक्युरिटी, साइन कुजिन रेष्टुरेन्ट, हिमालयन रेष्टुरेन्ट, नेपालय रेष्टुरेन्ट, फुड प्लानेट, युगान्डाका लागि नेपाली बाणिज्य दुत डा. सुधीर रुपारेलिया, एस. आर.सलुन लगायतले प्रायोजन गरेका थिए ।

युगान्डामा रहेका नेपालीहरुबाट यस्ता सामाजिक परोपकारी कार्यबाट सिक्न र यस्ता कार्यलाई सहयोग गर्नुपर्ने भन्दै इन्डियन एसोसिएसन, पाकिस्तान एसोसियसन, लगाएत भारतका विभिन्न प्रदेशका विभिन्न संस्थाहरुबाट समेत प्रायोजकका रुपमा सहयोग मिल्नुको साथै स्थानीय जनताको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०२ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...