back
CTIZAN AD

कोषध्यक्षको प्रतिवादबीच कांग्रेसको कोषबाट रकम निकासा

वि.सं.२०७५ कात्तिक ११ आइतवार

744 

shares

११ कात्तिक, काठमाडौँ । क्रियाशील सदस्यता वितरण र नवीकरण , सांसदबाट महिनैपिच्छे आएको काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोष मनपरी चलेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुदा हुदै पनि रकम निकाल्ने गरिएको छ । कांग्रेसको नियमावली अनुसार पार्टीको कोष सञ्चालन कोषाध्यक्षले समिति बनाएर गर्ने भन्ने छ ।
सचिवालयका सदस्यका अनुसार खाता सञ्चालनका लागि कोषाध्यासहित महामन्त्री डाक्टर शशांक कोईराला, केन्द्रिय कार्यालयका मूख्यसचिव कृष्ण्प्रसाद पौडेलको हस्ताक्षर चल्छ । दसैं अघि विभिन्न बैंकमा रहेको रकममध्येबाट फिक्स्ड डिपोजिटबाट ५० लाख भन्दा बढी रकम निकालिएको छ । सुरुमा ४२ लाख रुपैयाँ खर्च देखाउदै हस्ताक्षर गर्न कोषाध्यक्ष यादवलाई सचिवालयका सदस्यले आग्रह गरेका थिए । यादवले पहिले पनि पेस्की लिएर गरिएका खर्चका हिसाबहरु अपारदर्शी भएको भन्दै पुराना खर्चको विवरण मागेकी थिईन् । सचिवालयका कर्मचारीले कोषाध्यक्षलाई विवरण देखाउनुको सट्टा महामन्त्री शशांक कोईरालामार्फत मनाउन खोजे ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०८:१८ मा प्रकाशित

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...