back

एक घर एक धारा जडान

वि.सं.२०७५ कात्तिक १२ सोमवार

318 

shares
GLOBAL IME AD
NTC AD

१२ कात्तिक, बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाको विकट गाउँमा कादुरी संस्थाले १३० घरमा धारा जडान गरिदिएको छ ।

खानेपानी अभाव भएको गाउँपालिकाको वडा नं १ को स्याउला गाउँमा संस्थाले घरघरमा खानेपानीको धारा उपलब्ध गराएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिस गोर्खाज् नेपाल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खानेपानी आयोजना सम्पन्न भएपछि पानी भर्नकै लागि लाग्ने समय बचत भएको स्थानीय उपभोक्ताको भनाइ छ । “पानी भर्नकै लागि घण्टौँ समय लाग्दथ्यो”, स्थानीय उपभोक्ता कुमार विक भन्छन्, “घरमै खानेपानीको धारा आउला भनेर कल्पनासमेत गरेको थिइन ।”

कादुरीको रु ४९ लाख ७५ हजार २०० र स्थानीय उपभोक्ताको रु १४ लाख ६६ हजार ३०० बराबरको जनश्रमदान गरी कूल ६४ लाख ४१ हजार ५०० लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको स्याउला खानेपानी आयोजनाका अध्यक्ष दलप्रसाद पुनले बताए । गाउँदेखि डेढ किलोमिटर टाढा सेम्बाङ खोलाको मुहानबाट पानी ल्याएर मिटरसहितको ‘एक घर एक धारा’ जडान गरिएको खानेपानी आयोजनाले जनाएको छ । “स्याउला गाउँमा लामो समयदेखि खानेपानीको चरम समस्या थियो”, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, “कादुरीको सहयोगमा बनेका एक घर एक धाराबाहेक स्याउला गाउँको तल्लो भेगमा उस्तै किसिमको धारा बनाउन गाउँपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ ।”

अहिले स्याउला गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीय हर्षित भएका हुन् । आयोजनाका १२२ धारामा मिटर जडान गरिएको छ । सार्वजनिक धारामा मिटर जडान गरिएको छैन ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार १३:१८ मा प्रकाशित

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो...

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका...

आज प्रेमिल जोडी रानीमहल पुग्दै

आज प्रेमिल जोडी रानीमहल पुग्दै

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर...

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

गण्डकी । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज...