back
CTIZAN AD

एक घर एक धारा जडान

वि.सं.२०७५ कात्तिक १२ सोमवार

678 

shares

१२ कात्तिक, बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाको विकट गाउँमा कादुरी संस्थाले १३० घरमा धारा जडान गरिदिएको छ ।

खानेपानी अभाव भएको गाउँपालिकाको वडा नं १ को स्याउला गाउँमा संस्थाले घरघरमा खानेपानीको धारा उपलब्ध गराएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिस गोर्खाज् नेपाल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खानेपानी आयोजना सम्पन्न भएपछि पानी भर्नकै लागि लाग्ने समय बचत भएको स्थानीय उपभोक्ताको भनाइ छ । “पानी भर्नकै लागि घण्टौँ समय लाग्दथ्यो”, स्थानीय उपभोक्ता कुमार विक भन्छन्, “घरमै खानेपानीको धारा आउला भनेर कल्पनासमेत गरेको थिइन ।”

कादुरीको रु ४९ लाख ७५ हजार २०० र स्थानीय उपभोक्ताको रु १४ लाख ६६ हजार ३०० बराबरको जनश्रमदान गरी कूल ६४ लाख ४१ हजार ५०० लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको स्याउला खानेपानी आयोजनाका अध्यक्ष दलप्रसाद पुनले बताए । गाउँदेखि डेढ किलोमिटर टाढा सेम्बाङ खोलाको मुहानबाट पानी ल्याएर मिटरसहितको ‘एक घर एक धारा’ जडान गरिएको खानेपानी आयोजनाले जनाएको छ । “स्याउला गाउँमा लामो समयदेखि खानेपानीको चरम समस्या थियो”, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, “कादुरीको सहयोगमा बनेका एक घर एक धाराबाहेक स्याउला गाउँको तल्लो भेगमा उस्तै किसिमको धारा बनाउन गाउँपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ ।”

अहिले स्याउला गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीय हर्षित भएका हुन् । आयोजनाका १२२ धारामा मिटर जडान गरिएको छ । सार्वजनिक धारामा मिटर जडान गरिएको छैन ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार १३:१८ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...