back

पर्यटन प्रवद्र्धनका लागि यस्तो गुरुयोजना बनाउँदै छ प्रदेश नं ५

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

279 

shares
GLOBAL IME AD
NTC AD

१३ कात्तिक, परासी । प्रदेश नं ५ को सरकारले पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण थालेको छ । त्यसका लागि विज्ञ, लगानी बोर्ड तथा केन्द्रीय सरकारसँग निरन्तर छलफल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपाल पर्यटन पत्रकार महासङ्घ केन्द्रीय समितिले थालेको ‘अतिथि देवो भव ः’ राष्ट्रिय अभियानको पश्चिम नवलपरासीको सुनवलमा आयोजित जिल्लास्तरीय साक्षात्कार कार्यक्रममा मन्त्री चौधरीले समृद्धिको आधार नै पर्यटन र कृषि भएकाले यिनै क्षेत्रमा केन्द्रित भएर प्रदेश सरकारले गुरुयोजना बनाउने बताए ।

मन्त्री चौधरीले प्रदेश नं ५ को समृद्धिको स्रोत पनि पर्यटन र कृषि नै भएको बताए । कृषिलाई आधुनिकीकरण गर्दै स्वरोजगार सिर्जना गर्ने र अधिक मात्रामा पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा प्रदेश सरकार छलफलमा रहेको उनले बताउनुभयो । भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रदेश सरकारले विद्युतीय र पर्यटकीय बस सञ्चालनको योजना बनाएको मन्त्री चौधरीले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी बुद्ध सर्किटमा यसै वर्षदेखि विद्युतीय तथा पर्यटकीय बस सञ्चालनमा आउनेछ भने भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै पश्चिममा स्वर्गद्वारी हुँदै बर्दियाको ठाकुरद्वारी र पूर्वमा रामग्राम हुँदै त्रिवेणीसम्म विद्युतीय र पर्यटकीय बस सञ्चालन गर्ने प्रदेश सरकारको तयारी छ । बुद्धजन्मस्थल लुम्बिनीदेखि सिस्ने हिमालसम्म अनेकौँ पर्यटकीय तथा धार्मिकस्थल प्रदेश नं ५ मा पर्दछन् । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पर्यटकलाई सुरक्षाको प्रत्याभूति राज्यले तर बाह्य पर्यटकलाई आकर्षण गर्न देशमा रहेका संस्कार, संस्कृतिको अधिकतम प्रचारप्रसार गर्नुपर्नेमा बताउछन् ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्घोषका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले सरकारको यो योजना सफल पार्नु सबैको दायित्व हुने भन्दै पर्यटन पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष धनीराम शर्माले सरकारको यो अभियानमा हातेमालो गर्न महासङ्घले अहिले देशका ७७ वटै जिल्लामा अतिथि देवो भवः राष्ट्रिय अभियान थालेको बताए ।

सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापाले नवलपरासी जिल्ला पर्यटनको हिसाबले प्रचुर सम्भावना रहे पनि ती क्षेत्रको विकासमा राज्यले ध्यान नदिएको बताउछन् । उनले सुनवललाई पर्यटनको नगरी बनाउने गरी स्थानीय सरकारले काम गरिरहेको पनि जानकारी दिए ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार १२:१० मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...